अखण्ड शान्तिदीप कोरिया लगिने

 

आर्थिक सम्बाददाता ,
काठमाडौं, चैत २९,


 
गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट अखण्ड शान्तिदीप दक्षिण कोरिया लगिने भएको छ ।  वैशाख दुई गतेदेखि ५ दिनसम्म विभिन्न तयारीसहित वैशाख ६ गते अखण्ड शान्तिदीप दक्षिण कोरिया लगिनेछ । नेपाल दक्षिण कोरिया लुम्बिनी शान्तिदीप यात्रा २०१३ का लागि कोरियाबाट बौद्धधर्म गुरुहरु नेपाल आउनेछन् । धर्मगुरुहरु वैशाख २ गते काठमाडौं आइपुगेर पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

 
धर्मगुरुहरु ३ गते पोखराबाट पाल्पा हुँदै लुम्बिनी जाने कार्यक्रम रहेको छ । लुम्बिनीमा कोरियाली भिक्षुहरुले गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ । यसैबीच नागरिक उड्डयन तथा पर्यटन मन्त्री रामकुमार श्रेष्ठले भव्य समारोहका बीच कोरियाली धर्मगुरुहरुलाई शान्तिदीप हस्तान्तरण गर्नु हुनेछ । कोरियाली धर्मगुरुहरुका लागि फोटो प्रदर्शनीको समेत आयोजना गरिनेछ । त्यस्तै वैशाख ५ गते शान्तिदीप लिएर कोरियाली धर्मगुरुहरु काठमाडौं आउने कार्यक्रम रहेको छ । 

 
वैशाख ६ गते राष्ट्रपति डा. रामवरण यादवले स्वागत तथा बिदाइ गर्नु हुनेछ । सोही दिन शान्तिदीपलाई स्वयम्भुनाथको दर्शन गराई दक्षिण कोरिया लगिने र त्यहाँ कहिल्यै ननिभ्ने गरी अखण्ड राखिने शान्तिदीप यात्रा मूल समारोह समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल दक्षिण कोरिया शान्तिदीप यात्राले नेपालमा बौद्धमार्गी पर्यटक भिœयाउन सहयोग पुग्ने मूल समारोह समितिका संयोजक कपिल लामाले बताउनुभयो ।

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com