खोकना सांस्कृतिक महोत्सव हुने


काठमाडौं । राष्ट्रिय सम्पदाको पहिचान तथा संरक्षण गरी, राष्ट्रिय सम्पदामा सूचिकृत गरौं भन्ने मूल नाराका साथ यही वैशाख २ गते एकदिने संस्कृतिक महोत्सव हुने भएको छ । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो । काठमाडौं दक्षिणी भेगमा रहेको खोकना प्रचार–प्रसार गर्नुको साथै आन्तिरिक र बाह्य पर्यटकमा वृद्धि गर्नका लागि सो महोत्सवको आयोजना गरेको आयोजकले बताए । 
 
 
 
सो महोत्सवमा खोकनामा रहेका नेपालकै पहिलो बती बलेको घर, कला, सांस्कृतिक पराम्परागत मठमन्दिर प्राचीन पाटिपौवालगायतका सांस्कृतिक सम्पदाको अवलोकन गर्न सकिने आयोजकले  बताए । सो महोत्सवमा पुरानो भजन, तेल, मिल, नेवारी नृत्य धागो कटाइ, नेवारी खाना, चित्रकला, फोटो प्रदर्शनीलगायतका सामग्री प्रदर्शनीको लागि राखिने आयोजकले जानकारी दिएका छन् ।  सो महोत्सवको आयोजक खोकना सरसफाइ तथा पर्यटन विकास समिति ललितपुर रहेको छ ।
 

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com