नेप्सेमा १७ दशमलव ९३ अंकको वृद्धि,कारोबार रकम ३७ करोड २४ लाख

 काठमाडौ, पुस २७,

साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च वृद्धि देखिएको छ । साताको पहिलो दिन घटेको नेप्से साताको दोस्रो दिन छ अंकले बढेको थियो । तेस्रो दिन मंगलबार भने नेप्से १७ दशमलव ९१ अंकले बढेर १४ सय ७६ दशमलव ९० अंकमा कायम रहेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि तीन दशमलव ७८ अंकले बढेर तीन सय १९ दशमलव चार अंकमा कायम
रहेको छ ।
सो दिन सबै गरी कुल एक सय २६ कम्पनीहरुको २७ सय २६वटा कारोबारमा पाँच लाख ८७ हजार छ सय दुुई कित्ता सेयर खरिदबिक्री भएकोमा ३७ करोड ३२ लाख ४५ हजार छ सय एक रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सो दिन आठवटा समूहको कारोबार भएकोमा दुुईवटा समूहको कारोबार घटेर बाँकी समूहको कारोबार बढेको छ । वाणिज्य बैंक समूहको सूचक १८ दशमलव ९३ अंकले बढेर १४ सय नौ दशमलव ९३ अंकमा कायम रहेकोमा १४ करोड आठ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । विकास बैंक समूहको सूचक पनि मंगलबार १० दशमलव २१ अंकले बढेर १५ सय २७ दशमलव ९३ अंकमा पाँच करोड ८८ लाख ८४ हजार चार सय रुपैयाँको कारोबार भएको छ । जलविद्युत् समूहको सूचक पनि सो दिन २० दशमलव ८९ अंकले बढेर १७ सय ४९ दशमलव ५५ अंकमा कायम रहेकोमा ६३ लाख २७ हजार सात सय २० रुपैयाँको कारोबार भएको छ । फाइनान्स समूहको सूचक सात दशमलव ८९ अंंकले बढेर छ सय ९७ दशमलव ८१ अंकमा कायम रहेकोमा २५ लाख ४९ हजार चार सय रुपैयाँको कारोबार भएको छ । बीमा समूहको सूचक एक सय ६८ दशमलव ८४ अंकले बढेर छ हजार नौ सय ७५ दशमलव ८० अंकमा कायम रहेकोमा १४ करोड २८ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । उत्पादनमूलक समूहको सूचक भने सो दिन सामान्य अंकले मात्र बढेको छ ।
गुुमाउने समूहमा परेको होटल समूहको सूचक सो दिन १२ दशमलव ४१ अंकले घटेर १८ सय ८८ दशमलव ८७ विन्दुमा कायम रहेकोमा एक लाख ६४ हजार पाँच सय ४० रुपैयाँको कारोबार भएको छ । यसैगरी अन्य समूहको सूचक पनि सो दिन एक दशमलव ४५ अंकले घटेर सात सय ३२ दशमलव ५८ अंकमा कायम रहेकोमा ४९ लाख ७० हजार दुुई सय ३० रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा परेको एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर ११ सय २३ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको कर्णाली विकास बैंकको सेयर मूल्य नौ रुपैयाँ ७३ पैसाले बढेर तीन सय २७ रुपैयाँमा
कारोबार भएको छ ।
तेस्रो स्थनमा परेको पोखरा फाइनान्सको सेयर मूल्य आठ रुपैयाँ ८९ पैसाले बढेर दुुई सय ४५ रुपैयाँमा कारोबार भएको छ । चौँथो स्थानमा परेको नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य सात रुपैयाँ ५१ पैसाले बढेर पाँच सय ३० रुपैयाँमा कारोबार भएको छ । पाँचौँ स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको भने सो दिन सेयर मूल्य छ रुपैयाँ ५९ पैसाले बढेर आठ सय ७३ रुपैयाँमा कारोबार भएको छ । सो दिन बढी गुुमाउने कम्पनीको सूचीमा परेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य सात रुपैयाँ १८ पैसाले घटेर दुुई सय ८४ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको पूर्णिमा विकास बैंकको सेयर मूल्य सात रुपैयाँ १८ पैसाले घटेर तीन सय ३६ रुपैयाँमा कारोबार भएको छ । तेस्रो स्थानमा परेको माउन्ट मकालुु डेभलपमेन्ट बैंकको सेयर मूल्य चार रुपैयाँ ८८ पैसाले घटेर छ सय ४२ रुपैयाँमा कारोबार भएको छ । चौँथो स्थानमा परेको मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य तीन रुपैयाँ ७४ पैसाले बढेर नौ सय एक रुपैयाँमा कारोबार भएको छ । पाँचौँ स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य दुुई रुपैयाँले घटेर ११ हजार एक सय ७२ रुपैयाँमा
कारोबार भएको छ ।
रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनबी इन्स्योेरेन्स कम्पनीको सो दिन ११ सय २३ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ७३ लाख ७४ हजार पाँच सय ८० रुपैयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि सो दिन २८ सय ८० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४१ लाख ७२ हजार तीन सय ४४ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com