एकातिरको निम्तो अर्कोतिर ‘सेटिङ’

काठमाडौ, पुस २७, 

  नागरिक उड्डयनसम्बन्धी बैठकमा भाग लिन थाइल्याण्ड भ्रमणमा रहेका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले एकतिरको निम्तोको बहाना पारेर अर्कोतिर सेटिङ बैठक चलाएको पाइएको छ । बैंककमा आईकाओको क्षेत्रीय कार्यालयमा सोमबार र मंगलबार दुई दिनको सामान्य कार्यक्रममा समेत सहभागी भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले मन्त्री शाही र नायब महाप्रबन्धक राजन पोख्रेललाई साथै लिएर गएका थिए । उनीहरु बिहीबार फर्किने कार्यक्रम रहेको छ ।
सो बैठकको बहानामा बैंकक पुगेका मन्त्री शाहीसँग अर्को बैठक गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार नरेन्द्र उलक सोमबार बैंकक गएको बुझिएको हो । मन्त्रीसँग हुने बैठकमा भाग लिन विवादास्पद पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि मलेसियाबाट बैंकक जानलागेको समाचार स्रोतले जनाएको छ । शेर्पा विगत केही दिनदेखि मलेसिया भ्रमणमा रहेका छन् । आईकाओको क्षेत्रीय बैठकमा भाग लिने बहानामा बैंकक पुगेका मन्त्री शाहीसँग अर्को बैठक गर्ने तारतम्य महानिर्देशक गौतमले मिलाएको थाहा भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com