अख्तियारमा एउटै बाटोका फरक यात्री

काठमाडौ, पुस २७, 

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्त भएको साढे तीन वर्षपछि अयोग्य ठहरिए । सर्वोच्च अदालतले मुद्दा उल्टाएर अयोग्य ठह–यायो । त्यस्तो अयोग्य व्यक्तिलाई संवैधानिक परिषद्ले किन नियुक्तिका लागि सिफारिस ग–यो ? प्रमुख राजनीतिक दलको शीर्ष नेतृत्वले जनआन्दोलनमा दमन गरेकाले रायमाझी आयोगले दोषी ठह–याएको व्यक्तिलाई किन प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरे ?
काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले विवश भएर नियुक्तिको समर्थन गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, वामदेव गौतम, विजय कुमार गच्छदारलगायतले कार्कीलाई अख्तियार प्रमुख बनाएकोमा गौरवानुभूति गरेका थिए । अहिले उनीहरुले नै किन कार्कीलाई हटाए ? उनीहरुले किन समर्थन गरेका थिए ? के कार्कीसँग पैसा खाएका थिए ? कि भाङ खाएका थिए ? कार्कीका बारेमा अदालतमा १८ वटा नजीर प्रस्तुत भएका छन् । पूर्ण फैसला हेरेपछि फैसलाको थप व्याख्या गर्न सकिनेछ । तर अदालतको फैसला अमान्य हुँदैन, सर्वमान्य हुन्छ । थिति बसाल्न खोजिएको छ, स्वागतयोग्य छ ।
लोकमानले आपूmलाई सर्वोच्च देखाउने गरी गरेको निर्णय त भेटिएको छैन तर त्यस्तो भान पार्ने कोसिसचाहिँ गरेका थिए । कम्युनिष्टहरुले सूर्यनाथलाई जस्तै प्रजातन्त्रविरुद्ध प्रयोग गर्नखोजेका थिए होलान्, उनी त्यसमा प्रयोग नभएको हुनसक्छ । त्यसपछि कम्युनिष्टहरुलाई लोकमानले आपूmहरुविरुद्ध कारबाही अघि बढाउनसक्ने खतराको संकेत पाएपछि उनलाई हटाइएको हुनसक्छ । जे होस्, उनी आए, उनी गए । उनी गएपछि उनको नेटवर्क अख्तियारमा नवीन घिमिरेतिर ढल्किएको छ । उनका विरुद्ध पनि अदालतमा मुद्दा कायम छ ।  उनीविरुद्ध मात्र होइन, अख्तियारका कार्यवाहक प्रमुख दीप बस्नेत, सावित्री गुरुङ र गणेशराज जोशीविरुद्ध पनि मुद्दा विचाराधीन अवस्थामा छ । लोकमानविरुद्ध महाअभियोग र मुद्दा पुनरावलोकनको आदेशपछि प्रधानमन्त्री प्रचण्डले बोलाएर अख्तियारका आयुक्तहरुलाई सामूहिक निर्देशन दिए, निर्भयपूर्वक काम गर्नू भनेर । उनले भनेका हुन्, के गरेका हुन् भन्ने व्यवहारबाट प्रष्टै छ । त्यसरी भेट्न जानेमा मुद्दा नपरेका तर यताउता गर्न माहिर मानिएका आयुक्त राजनारायण पाठक पनि थिए । त्यसपछि अख्तियारकै कार्यक्रममा गएर प्रधानमन्त्री प्रचण्ड डुक्रिए । अदालतले उपयुक्त समयमा निर्णय दिने नै छ । मुद्दा परेकामध्ये पनि कामु प्रमुख आयुक्त बस्नेतको अवस्था अलिक भिन्न र गम्भीर छ । उनको नियुक्तिअघि नै आर्थिक दैनिकले त्यो कुरो उठाएको थियो । त्यसको कतैबाट खण्डन भएको छैन । सबैको सहमति हो भने हेरौं न त भनेर नदोहो¥याएको हो । ती शक्तिकेन्द्र यथावत् छन्, हल्कारा पनि दौडिरहेका होलान् तर अब कुरो अदालत पुगेको छ । अहिले भुइँमा पनि छ, पोल्टामा पनि छ । भुइँको टिप्नैपर्नेजस्तो अघोरी मनमा लागेको छ । तर भुइँको टिप्न खोज्दा पोल्टाको पनि देखिने डर छ । अब लोकमान एउटा पात्र हो, पाठशाला होइन । त्यो पाठ दीप बस्नेतले पनि पढ्नुपर्छ, गोपाल बस्नेतले पनि पढ्नुपर्दछ । नपढी सुखै छैन । १८ वटा नजीर बोकेका लोकमानले च्याँचुँ गर्न पाएनन्, जिब्रो फड्कारेकै भरमा कसैले साम्राज्य खडा गर्ने सपना नदेख्दा हुन्छ । पशुपतिलाई पनि पानी मिसाएको दूधले नुहाइदिने चलन चलाएको छ । भन्सारमा ३४ किलो सुन समातियो । कसले समात्यो ? किन समात्यो ? कसरी समात्यो ? सबैतिर चर्चा छ । तर अख्तियार मौन छ । दीप बस्नेत त्यसको बारेमा नजान्ने व्यक्ति होइनन् । उनी लोकमानका विकल्प होइनन्, कार्बनकपी हुन् । किन हात हाल्ने प्रयास समेत गरेनन् भन्ने कुरामा रहँदा बस्दा थप स्पष्ट हुँदै जानेछ । के अख्तियारको प्रमुख हुनु भनेको दिनमा लाटोकोसेरो बसेजस्तो धुम्धुम्ती बस्नु हो ? कि उद्दण्ड भएर मनपरी गर्नु हो ? दुवै होइन । त्यो दुईवटै क्षम्य हुँदैन । लोकमान गएपछि अब अख्तियारले केही गर्दैन भनेर भ्रष्टाचारीहरुको मनोबल बढेको हुनुपर्दछ । अब अख्तियार चुप लागेर बसेर पनि बस्न पाउने अवस्थामा छैन । अब त खुकुरीको धारमा हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
अख्तियारमा दीप बस्नेतहरु नियुक्त भएको साँझ ¥याडिसन होटलमा एउटा कार्यक्रम थियो । त्यो कार्यक्रममा पत्रकार भवानी सुवेदी पनि थिए । उनी त्यहाँ पत्रकारको नाताले गएका थिएनन् । उनी लोकमानका सञ्चारविज्ञ थिए । लोकमान प्रमुख आयुक्त थिए, त्यति बेला उनलाई पौने प्रमुख आयुक्त भनिन्थ्यो । त्यस्तै अवस्था एकताका दरबारमा पनि थियो । राजा र राजपरिवारका सदस्यहरु ‘श्री ५’ हुन्थे, दरबार प्रमुख सम्वाद सचिव रन्जनराज खनाललाई पौने ५ भनेर चिनिन्थ्यो । राजाले गर्ने काममध्ये केही त खनाल आफैं बाहिरबाटै भ्याइदिन्थे रे ! अहिले ती रञ्जनराज खनाल महाराजगञ्जमा पहिले आप्mनो घरको भान्सेबाहुनको घरमा शरणार्थी जीवन बिताइरहेका छन्, अर्थात् दिन बिताउँदै छन्, मृत्यु पर्खेर बसेका छन् । अहिले पौने प्रमुख आयुक्त दीप बस्नेततिर सरुवा भएका छन् । तर उनको नियुक्तिको खबर सुन्दा उनले आर्थिक दैनिकको यो प्रतिनिधिसँग भनेका थिए– ‘हजुर, अब अख्तियार खत्तम भयो, यो अख्तियार अख्तियार रहेन ।’ अब के होला ? अहिले कस्तो भयो ? यी सबै उनीहरु नै जानून् । तर उनीहरु जाने बाटो पनि उही हो !आर्थिक दैनिकबाट


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com