बीमा समितिद्वारा एनबी इन्स्योरेन्सका सञ्चालक राईविरुद्ध कारबाही प्रक्रिया सुुरु

आर्थिक संवाददाता
काठमाडौं, पुस २७
बीमा समितिले एनबी इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक योगेन्द्र राईविरुद्धको कारबाही प्रक्रिया सुरु गरेको छ । सर्वोच्च अदालतले फौजदारी अभियोग प्रमाणित गरेका राई्र एनबी इन्स्योरेन्स कम्पनीमा सञ्चालक रहेको तथ्य सार्वजनिक भएसँगै समितिले राईविरुद्धको कारबाही प्रक्रिया सुरु गरेको हो ।


बीमासम्बन्धी ऐनअनुसार फौजदारी अभियोग प्रमाणित भएको कुुनै पनि व्यक्ति कुनै पनि बीमा कम्पनीहरुमा सञ्चालक पदमा बस्न नपाउने व्यवस्था रहे पनि राईले नियमनकारी निकाय बीमा समितिको ऐन नियमलाई समेत अस्वीकार गरी एनबी इन्स्योरेन्समा सञ्चालक पदमा बसेका छन् । ‘एनबी इन्स्योरेन्समा हाल बालाजी इन्टरनेशनल प्रालिका नाउँमा सञ्चालक रहेका राईको विषयमा समाचारहरु बाहिर आएपछि हामीले एनबीको व्यवस्थापन तथा सञ्चालक समितिको नाउँमा सत्यतथ्य जवाफ माग गर्दै पुुस १५ गते नै पत्र पठाएका हौं, समिति स्रोतले भनेको छ । समितिले झण्डै एक हप्ताको मिति राखेर एनबी इन्स्योेरेन्समा पत्र पठाएको र राईको मुुद्दाको फैसलाको कपी पनि अदालतबाट मगाइसकेको समिति स्रोतले बताएको छ । यो अवस्थामा जवाफ कस्तो आउँछ, त्यो जवाफ र राईविरुद्धको मुुद्दाको फैसला कपी समेतलाई आधार मानेर कारबाही गर्नुुपर्ने वा नपर्ने अथवा पर्ने भयो कस्तो किसिमको कारबाही गर्ने, निर्णय गर्छौँ समिति स्रोतले भनेको छ ।


सबैको व्यक्तिगत जानकारी समितिमा नभएको र कुुनै पनि कम्पनीले बदनियतपूर्ण सत्यतथ्य लुुकाएर कम्पनीमा संलग्न रहेको छ भन्ने तथ्य बाहिर आएमा कारबाही गर्ने दायित्व समितिको हो, समिति स्रोतले भनेको छ ।


विगतमा नेशनल हाइड्रोपावर कम्पनी समेतमा सञ्चालक रहेका राईविरुद्ध सोही कम्पनीमा आबद्ध रहँदा नेशनल हाइड्रोका अध्यक्ष कुमार पाण्डेले पुनरावेदन अदालत पाटनमा मुुद्दा दायर गरेका थिए । उक्त मुुद्दामा न्यायाधीशद्वय तिल प्र्रसाद श्रेष्ठ र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासले राई र राईसहितका व्यक्तिहरुलाई दोषी करार गरेको थियो । योगेन्द्र राईसम्बन्धी मुुद्दाको पत्रमा उल्लेख भएअनुुसार नेशनल हाइड्रोपावर कम्पनी सिन्धुुपाल्चोक जिल्लाको ज्यामिरे गाविसबाट बग्ने इन्द्रावती खोलाबाट सात दशमलव पाँच मेगावाटको विद्युत् उत्पादन गर्दै आएको कम्पनी हो । कम्पनीको विगत तीन वर्षदेखि नै वार्षिक साधारणसभा नभइरहेको अवस्थामा वि.सं. २०६९ साल माघ २६ गते वार्षिक साधारणसभा सम्पन्न भई सात जना सदस्यहरु दिपक कार्की, विश्वेश्वर सुुवेदी, योगेन्द्र राई, कुमार पाण्डे, प्रदिपमान वैद्य, रुद्र कुमार श्रेष्ठ र प्रकाश रजौरे सञ्चालक समितिमा निर्वाचित भएका थिए । सोमध्ये कुमार पाण्डेलाई  सोही मितिमा बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको थियो । सोहीअनुरुप वि.सं. २०६९ माघ २७ गतेबाट करार सेवामा रहने गरी कृष्ण घिमिरेलाई कम्पनी सचिवमा नियुुक्त गरिएको थियो । तर कम्पनी सचिव घिमिरेले कम्पनीका सञ्चालकविरुद्ध नै अनावश्यक उजुरी दायर गर्ने, सञ्चालकबीच गुटबन्दी सृजना गर्नेलगायतका कार्यहरु गरेपश्चात् उनलाई वि.सं. २०७० वैशाख ६ गते लागू हुने गरी तथा कम्पनीको निमित्त कार्यालय प्रमुख रामेश्वर सिंह समेतले कम्पनीका सञ्चालक अध्यक्षसहित अन्य सञ्चालकलाई कार्यालय प्रवेशमा रोक लगाउने, कार्यालय कोठाभित्र थुुन्ने, कार्यालयमा तालाबन्दी गर्नेजस्ता कार्यहरु गर्दै आएकोमा २०७० वैशाख २६ गतेदेखि उनीहरुलाई बर्खास्त गरिएको थियो ।


कम्पनीका सञ्चालकमध्येका विपक्षी योगेन्द्र राईले कम्पनीबाट बर्खास्त गरिएका कम्पनी सचिव तथा निमित्त कार्यालय प्रमुुखलाई कम्पनीको हितविरुद्ध कामकाज गराउने तथा आफूखुसी कम्पनीको सञ्चालक हुँ भनी अध्यक्ष नभएको व्यक्तिले अध्यक्ष भनी कम्पनीको सर्वसाधारण सेयर प्रमाणपत्रमा हस्ताक्षर गर्ने, कम्पनीको सरोकार एवं नियमनकारी निकायमा पत्राचार गर्ने, कम्पनीबाट बर्खास्त गरी सकिएका कर्मचारीलाई कम्पनीको काम गर्न लगाउनेजस्ता कार्यहरु गरेका थिए । उक्त कार्यहरु कम्पनीको हितविपरीत तथा कम्पनी ऐन २०६३ विपरीत कार्य गर्ने राईलाई हदैसम्मको कारबाही गरिपाऊँ भन्दै वि.सं. २०७० भदौ ११ गते निवेदन दिएको थियो ।


कम्पनी ऐेन २०६३ अनुुसार कुनै पनि सञ्चालक आफ्नो अधिकार क्षेत्र नाघेर काम गरेमा २० देखि ५० हजार रुपैयाँसम्म जरिवाना र दुुई वर्षसम्म कैद सजायसम्म गर्नसक्ने कानुुनी व्यवस्था रहेको छ । सोही आधारमा नेशनल हाइड्रोका सञ्चालक राईविरुद्ध भएको फैसलामा कम्पनी ऐन २०६३ को दफा १६० बमोजिम २० हजार रुपैयाँ जरिवानाको आदेश भएको थियो । न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र प्रमोद कुमार श्रेष्ठ वैद्यको इजलासले वि.सं. २०७३ साल जेठ १० गते राईको विषयमा उक्त फैसला गरेको थियो । तर उक्त फैसला कार्यान्वयनमा आएपश्चात् पनि राई एनबी इन्स्योरेन्स कम्पनीमा सञ्चालक पदमा नै रहँदै आएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com