डाबर च्यबनप्रासको ‘स्प्रेड द वाम्र्थ’ अभियान

  काठमाडौ, पुस २६,

  डाबर च्यबनप्रासको उत्पादक तथा बजार–व्यवस्थापन कम्पनी डाबर च्यबनप्रासले जाडो मौसमलाई लक्षित गरी काठमाडौँका ३१ वटा विद्यालयहरूमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको छ । यो अभियानबाट डाबर च्यबनप्रासले शरीरको आन्तरिक शक्तिबारे र स्वच्छ तथा सन्तुलित खानेकुरा, तातोपानी, सरसफाइमा ध्यान दिनुका साथै न्यानो लुगा लगाउनुपर्ने सन्देश विद्यालयहरूमा पु¥याएको बताएको हो ।
डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट सीएनएन सुपर हिरो पुष्पा बस्नेतसँग सहकार्य गरी यी विद्यालयहरूबाट डाबर नेपालले लुगाहरू संकलन पनि गरेको थियो । संकलित लुगाहरूको सङ्ख्याबराबर नै डाबर नेपालले थप नयाँ न्यानो लुगाहरू पनि उपलब्ध गराई एक कार्यक्रमका बीच सोमबार सो लत्ताकपडा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई उपलब्ध गराएको छ । डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले सो हस्तान्तरण गरेका हुन् । गोर्खालीले भने, “डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट हामीले प्रयोग गर्न सकिने न्याना लुगाहरू संकलन ग¥यौँ, ती लुगाहरूमा हामीले सोही सङ्ख्याबराबरको नयाँ लुगा पनि थप गरेर पुष्पा बस्नेतलाई हस्तान्तरण गरेका छौँ ।’
नेपालभरि विभिन्न झ्यालखानाहरूमा रहेका बालबालिकाका लागि यी न्याना लुगाहरू जाडो याममा उपयोगी हुने जनाइएको छ, डाबर च्यबनप्रासले आफ्नो “स्कुल इम्युनो च्याम्प“ कार्यक्रम र साथै स्प्रेड द वाम्र्थ अभियानलाई आगामी दिनहरूमा काठमाडौँ उपत्यकाबाहिरपनि विस्तार गर्ने जनाएको छ ।आर्थिक दैनिकबाट


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com