मनी चेञ्जरहरु फेरि अवैध कार्यमा

काठमाडौं ,पुस २५,

  काठमाडौं उपत्यकाभित्र रहेका मनी चेञ्जरहरु फेरि अवैध कार्यमा संलग्न हुनथालेको भेटिएको छ । राजस्व अनुसन्धान विभागले छापा मारेर कारबाही थालेपछि केही समय मौन बसेका मनी चेञ्जरहरुले फेरि अवैध कारोबार थालेका हुन् । मनी चेञ्जरहरुले अवैध कारोबार गरेको उजुरी परेपछि राजस्वले आइतबार ठमेल र बौद्ध क्षेत्रमा केही मनी चेञ्जरमा छापा मारेको छ ।
राजस्व अनुसन्धान स्रोतका अनुसार नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको सटहीको इजाजत लिएर रसिद नकाटी वाणिज्य बैंकहरुको दरभन्दा चार÷पाँच रुपैयाँ बढी लिएर विदेशी मुद्रा साट्ने काठमाडौंको ज्याठाको इको मनी एक्सचेन्ज, बैद्धको वेभ मनी एक्सचेन्ज र स्वर्णद्वीप एक्सचेन्जमा राजस्वले छापा मारेको हो ।
स्रोतका अनुसार ज्याठाको इको मनी हरि सापकोटाको हो भने बौद्धको वेभ मनी एक्सचेन्ज प्रणव श्रेष्ठ र स्वर्णद्वीप एक्सचेन्ज हरि घिमिरे र कमल कायस्थको हो । विभागको टोलीले ती तीनवटै मनी चेन्जरबाट कागजात नियन्त्रणमा लिएको छ । ज्याठाको इको मनीमा छापा मार्न टोली जाँदासम्म प्रशस्त अवैध रकम भए पनि उनले कामदार लगाएर लुकाएको आशंका गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com