बूढीगण्डकी जलविद्युत् आयोजनामा शतप्रतिशत सरकारी लगानी

सर्वसाधारणलाई सेयर वितरण नगरिने
आर्थिक संवाददाता
काठमाडौं, पुस २५
ऊर्जामन्त्री जनार्दन शर्माले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना शतप्रतिशत सरकारी लगानीमा मात्र निर्माण गरिने बताएका छन् । गोरखा र धादिङका स्थानीय बासिन्दाले उक्त आयोजनाको सेयर दिनुपर्ने माग गरिरहेका बेला मन्त्री शर्माले ठूलो लागत र लामो समय लाग्ने भएकाले जनतालाई तत्काल लाभ दिन नसकिने भएकाले उक्त आयोजना सरकारी लगानीमा मात्र निर्माण गर्ने योजना सरकारले बनाएको जानकारी दिएका हुन् । ‘महत्वपूर्ण आयोजनाहरुमा सरकारले नै लगानी गर्नुपर्छ । १६ रुपैयाँ प्रतियुनिटको बूढीगण्डकी आयोजनामा सेयर हालेर जनताले प्रतिफल पाउँदैनन्’, नेपाल हाइड्रोपावर एसोसिएसनको आइतबार राजधानीमा आयोजित १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, ‘नबुझेका जनताले आज सेयर हाल्लान् तर भोलि त्यही जनताले हामीलाई गाली गर्छन् । त्यसकारण उक्त आयोजनामा शतप्रतिशत सरकारले लगानी गर्ने हो । भोलि नाफामा आउँदा जनतालाई सरकारले सेयर दिनसक्छ ।’


मन्त्री शर्माले असोज १८ गते ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको सेयर खरिद गर्न स्थानीयलाई प्रोत्साहित नगरिने भए पनि माग गरेमा दिन सकिने बताएका थिए । तर, आइतबारको उक्त कार्यक्रममा भने मन्त्री शर्माले सेयर दिँदा जनतालाई नै मार पर्ने भएकाले सो आयोजना शतप्रतिशत सरकारी लगानीमा मात्र निर्माण गरिने बताएका हुन् ।


मन्त्री शर्माले जलविद्युत्मा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरिने समेत प्रष्ट पारेका छन् । डलरमा पीपीए गर्दा देशको अर्थतन्त्रले धान्न नसक्ने भन्दै विरोध भइरहेको बेला मन्त्री शर्माले भने अब अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको भन्दै डलरमा पीपीए गर्नैपर्ने धारणा केही दिनदेखि व्यक्त गर्दै आएका छन् ।


मन्त्री शर्माले ‘टेक एण्ड पे’ अर्थात् आवश्यकताअनुसार बिजुली किन्ने वर्तमान व्यवस्थालाई खारेज गरिएको समेत जानकारी दिए । उनले त्यसको घोषणा सोमबार गरिने बताए । उक्त नीति जलविद्युत् आयोजना विकासको लागि बाधक भएको कारण हटाउन लागिएको मन्त्री शर्माको भनाइ छ । उनले अहिले दश हजार मेगावाट विद्युत् भए पनि त्यसलाई खपत गर्ने क्षमता भएको भन्दै उत्पादन गरेजति सबै बिजुली खरिद गरिदिने बताउँदै आएका छन् । साथै ऊर्जा मन्त्रालयले जलाशय र अर्ध–जलाशययुक्त जलविद्युत् आयोजनाको पीपीए दर समेत तयार पारेको छ । त्यो दर पनि सोमबार नै सार्वजनिक गर्ने भएको छ ।


जलविद्युत् आयोजना निर्माणमा सहुलियतपूर्ण ऋणको वातावरण मिलाइदिन अर्थ मन्त्रालयलाई आग्रह गरी पत्राचार समेत गरिसकिएको समेत मन्त्री शर्माले जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युत् आयोजनाको लागि पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com