पेट्रोलियम भण्डारण केन्द्र स्थापना अध्ययनका लागि १० जिल्ला छनोट

     
काठमाडौ, पुस २४, 


सरकारले करिब तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापनाको प्रारम्भिक अध्ययनका लागि १० जिल्ला
छनोट गरेको छ । हाल करिब १७ दिनलाई मात्रै पुग्ने भण्डार केन्द्र रहेका बेला सरकारले
संघीय प्रणालीअनुसार सातवटा प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापनाका
लागि १० जिल्लाहरु छनोट गरेको हो ।
अन्तर्राष्ट्रिय अभ्यासमा पेट्रोलियम पदार्थको स्टक क्षमता हरेक देशमा ९० दिनलाई पुग्ने व्यवस्था भएपनि नेपालमा उक्त अभ्यास
भने हुनसकेको छैन ।
सरकारले नेपालमा प्रमुख तीन
स्थानमा पेट्रोलियम भण्डारण केन्द्र स्थापनाका लागि तीन
स्थान छनोट गरेको थियो । उक्त प्रक्रिया अघि बढाउँदै गर्दा सरकारले संघीय
संरचनाअनुसार सातवटै प्रदेशमा भण्डारण केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।
सुरुमा अध्ययन गरिएका तीन जिल्ला नुवाकोट तनहुँ
र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरु छनोट गरेको थियो । हाल उक्त
कार्यलाई थाती राख्दै सरकारले
सातवटै प्रदेशमा भण्डार केन्द्र
स्थापनाका लागि जिल्लाहरु
छनोट गरेको हो । नेपाल आयल निगमका अनुसार हाल सातवटै प्रदेशमा भण्डारण केन्द्र स्थापनाका लागि काठमाडौं, चितवन, भैरहवा,
सर्लाही, सिन्धुली, तनहुँ, झापा, दाङ, धनगढी र
अछामको साँफेबगरलाई छनोट गरिएको छ । ती जिल्ला तथा प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र स्थापना
गर्नका लागि जग्गा खरिदका लागि
टेन्डर प्रक्रियासमेत सुरु भएको निगमले जनाएको छ । उक्त प्रक्रिया सुरु भएसँगै नेपालमा ९० दिनका लागि पुग्ने
गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि बाटो खुल्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com