वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै आठ प्रतिशतले कमी

२०७३ मंसिर २९ गते बुधबारमा प्रकाशित

दीपक भट्ट
काठमाडौं, मंसिर २८
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि जानेको संख्यामा चालू आर्थिक वर्षको सुरुको चार महिनामा ७ दशमलव ९ प्रतिशले कमी आएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्याङ्कअनुसार गत वर्ष सोही अवधिभन्दा मलेसिया तथा खाडी राष्ट्रहरुमा काम गर्न जानेको संख्यामा कमी आएको हो ।


राष्ट्र बंैक तथा अर्थ मन्त्रालयले वैदेशिक रोजगारीको अवस्थाबारे गरेको एक सेमिनार कार्यक्रममा चालू आर्थिक वर्षमा एक लाख २५ हजार सात सय ८१ जनाले श्रम स्वीकृति लिएको जानकारी दिइएको छ । कार्यक्रममा राष्ट्र बंैकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनमा ३५ हजार चार सय ८५ जना विदेशिएका छन् । त्यस्तै भदौमा ३४ हजार सात सय ५९ जना, असोजमा २४ हजार नौ सय ४९ जना र कात्तिकमा ३० हजार पाँच सय ८८ जना विदेशिएका छन् ।


करिब एक वर्षदेखि नेपालीहरु प्रमुख गन्तव्यको रुपमा रहेको खाडी राष्ट्र तथा मलेसिया जानेक्रम खस्किएको हो । रोजगारदाता मुलुकहरुको अर्थतन्त्र कमजोर रहेकोले नेपालीको माग नै कमी देखिएको राष्ट्र बैंकको भनाइ छ । गत आवको सुरुको चार महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एक लाख ३६ हजार पाँच सय ७६ रहेको थियो । नेपाल राष्ट्र बंैकले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०५०/०५१ देखि निरन्तर रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको थियो । यो वर्षमात्रै वैदेशिक रोजगारीमा जानेको संख्या कमी आएको हो । मन्त्रालयमा भएको कार्यक्रममा सरोकारवालाहरुले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनुको कारण रोजगारदाता कम्पनीको कमजोर अवस्था मात्र नभएर नेपालमा पनि रोजगारीको अवसर बढेको हुनसक्ने बताएका थिए ।


यो वर्षको कात्तिकसम्ममा वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्यामध्ये खाडी मुलुकमा मात्रै जानेको संखया ९५ हजार छ सय ९१ रहेको छ । त्यसमध्ये पनि साउदी अरबमा जानेको संखया ३१ हजार आठ सय ८१ रहेको छ । मलेसिया जाने नेपालीको संख्या २४ हजार छ सय १२ रहेको छ । अन्य मुलुकमा पाँच हजार चार सय ७८ जनाले प्रवेश गरेका छन् ।


तर गत सोही अवधिमा खाडी मुलुकमा जाने नेपालीको संख्या एक लाख पाँच हजार एक सय ९१ रहेको थियो । त्यस्तै मलेसिया जानेको संख्या २५ हजार छ सय ३५ रहेको थियो । कार्यक्रममा मन्त्रालय तथा राष्ट्र बंैकले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टअनुसार सबैभन्दा बढी साउदी अरेबियामा समस्या रहेको छ । साउदी अरेबियाको कुल आम्दानीको ७० भन्दा माथिको आम्दानीको स्रोत रहेको कच्चा तेलको मूल्य निरन्तर घट्ने क्रमले नेपालीहरुलाई समस्या हुने गरेको छ ।


नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेक्रम घट्नाले नेपालमा बेरोजगारको संख्यामा उल्लेख्य रुपमा वृद्धि गर्छ भने वैदेशिक रोजगारीकै कारण नेपालको बेरोजगारी दरमा उल्लेख्य रुपमा कमी आउँछ । नेपालको जीवनस्तर मापन सर्वेक्षण २०६८ का अनुसार आर्थिक वर्ष २०५२/०५३ मा ४९ प्रतिशत रहेको बेरोजगारी दर आर्थिक वर्ष २०५७/०५८ मा २ दशमलव २ मा झरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा चार लाख १९ हजार श्रमशक्ति कामको खोजीमा विदेशिएका थिए भने १५ देखि ५९ वर्ष समेतको आधारमा करिब चार लाख २३ हजार जनशक्ति बजारमा थप भएको छ । उक्त वर्ष विदेशिएका कामदार र श्रम बजारमा थप भएको जनशक्तिको अनुपात ९९ प्रतिशत रहेको छ । रोजगारीका अवसरमध्ये उच्च स्थानमा रहेको वैदेशिक रोजगारी दर कमी आउनुले समग्र नेपालको बेरोजगारी दर पुनः बढ्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com