स्वचालित कारका लागि गुगलको नयाँ कम्पनी

२०७३ मंसिर ३० गते विहीबारमा प्रकाशित
एजेन्सी
सन्फ्रान्सिस्को, मंसिर २९

अनलाइन सेवा प्रदायक तथा सामाजिक सञ्जाल कम्पनी गुगलले आफ्नो स्वचालित कारको लागि नयाँ कम्पनी निर्माण गर्ने भएको छ । गुगलले आफ्नो निकै महत्वपूर्ण योजनाको रुपमा रहेको स्वचालित सवारी निर्माणको योजना पूरा गर्नको लागि वेमो नामक कम्पनी स्थापना गर्ने भएको हो । गुगल कम्पनीले अनलाइन सेवा प्रदान गरिरहेको अवस्थामा सवारी निर्माणतर्फ लागेको भन्ने आरोप लागिरहेको अवस्थामा छुट्टै कम्पनी स्थापना गरी सेवा प्रदान गर्ने दिशामा कम्पनी देखिएको हो । 

अहिले ल्याइएको नयाँ व्यापारिक कम्पनी वेमोको स्वामित्व पनि गुगलको स्वामित्व ग्रहणकर्ता कम्पनी अल्फाबेटले लिने बताइएको छ । गुगल कम्पनीले १० वर्षउभन्दा बढी समय लाएर निर्माण गरेको स्वचालित सवारीको लागि कम्पनीले व्यावसायिक हिस्सा विस्तारको लागि यस किसिमको निर्णय गरिएको हो । पछिल्लो समय बजारमा आउनको लागि तयारी अवस्थामा रहेको गुगल कम्पनीको स्वचालित कार अहिले अमेरिका तथा बेलायतमा परीक्षणको क्रममा रहेको छ । गुगल कम्पनीले ल्याएको स्वचालित कारलाई आँखा नदेख्ने मानिसहरुले पनि सवारीमा रहेको प्रोपोटाइपको प्रयोग गरी चलाउन सक्ने बताइएको छ ।


एप्पल कम्पनीले यसको परीक्षण सन् २०१५ मा गरेको भए पनि आँखा नदेख्ने मानिसहरुको परीक्षण सफल भएको जानकारी भने मंगलबार दिएको हो । यसअघि परीक्षणको क्रममा विभिन्न स्थानहरुमा दुर्घटना भएको र अमेरिकी विभागले पनि बजारमा ल्याउनका लागि अझै लामो समयसम्म परीक्षण आवश्यक रहेको बताएसँगै गुगल कम्पनी अहिले परीक्षणको क्रममा रहेको हो । कम्पनीले सन् २०१७ भित्र यो सवारी व्यावसायिक प्रयोजनका लागि बजारमा ल्याउने तयारी गरेको हो । गुगलले परीक्षणको क्रममा देखिएको सेन्सर तथा सफ्टवेयरको अवस्थाले कम्पनीले निर्माण गरेको स्वचालित सवारी उपयुक्त देखिएको बताएको छ । आँखा नदेख्ने मानिसहरुको लागि सवारी चलाउनु एक सपनाको रुपमा हेरिने गरेकोमा अहिले उक्त सपना साकार भएको हो ।


गुगल कम्पनीले आफ्नो स्वचालित सवारीले अहिले वर्षको एक सय खर्ब माइलको दूरी पार गरिरहेको जानकारी दिएको छ । यसले उक्त सवारी थप सुरक्षित, प्रभावकारी र सञ्चालनको लागि सजिलो रहेको देखिएको कम्पनीको विश्वास रहेको छ । समग्र यातायातको क्षेत्रमा पनि यो एक महत्वपूर्ण कदमको रुपमा रहने बताइएको छ । गुगल कम्पनीले अहिले बजारमा ल्याइएको सवारीको लागि कम्पनीको अर्को योजना पनि रहेको बताएको छ । अहिले ल्याइएका सवारीहरुमा कुनै किसिमको आवश्यकता परेको खण्डमा पनि यसको सर्वाधिकार गुगलमा रहने गरी सवारीको निर्माण गरिएको हो ।


पछिल्लो समय स्वचालित सवारीको लागि गुगलबाहेकका टेस्ला तथा अन्य सवारी निर्माताहरुले पनि आफ्नो स्वचालित सवारीको योजना ल्याइरहेको अवस्थामा गुगलले भने आफ्नो लक्ष्यमै योजनाअनुसारको सवारी ल्याइने बताएको हो । अहिले निर्माण गरिएको प्रविधि व्यक्तिगत सवारी तथा सार्वजनिक सवारीको रुपमा पनि प्रयोग गर्न सकिने किसिमको रहेको बताइएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com