पाँच महिनामा तीन अर्ब ४० करोडको बोनस थप

काठमाडौं, मंसिर ३० । चालू आर्थिक वर्षको पाँच महिनामा नेपाल स्टक एक्स्चेन्जमा नियमित कारोबारका लागि तीन अर्ब ४० करोड ३८ लाख २७ हजार छ सय २३ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएको छ  । पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले दिएको जानकारीअनुसार मंसिर पाँच गतेसम्ममा तीन करोड ४० लाख ३८ हजार दुुई सय ७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।


वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, बीमा, होटल र फाइनान्स समूहअन्तर्गत पर्ने ३४ वटा कम्पनीको उक्त परिमाणमा बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार कृषि विकास बैंकको १५ प्रतिशतका दरले ५१ करोड ३६ लाख, माछापुुच्छ«े बैंकको १६ प्रतिशतका दरले ५३ करोड ३० लाख ४० हजार, स्टान्डर्ड चार्टर्ड बैंकको २५ प्रतिशतका दरले ५६ करोड ४२ लाख ६४ हजार आठ सय रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नागरिक लगानी कोषको ३५ प्रतिशतको अनुपातमा १५ करोड ७५ लाख र ओरन्टल होटल समूहको २० प्रतिशतका दरले १३ करोड १९ लाख ५४ हजार दुुई सय ९२ रुपैयाँको बोनस सूचीकृत भएको छ ।


बीमा समूहअन्तर्गत भने गुुराँस लाइफ इन्स्योेरेन्सको १० प्रतिशतको अनुपातमा पाँच करोड, हिमालयन जनरल इन्स्योरेन्सको २० प्रतिशतका दरले पाँच करोड ३५ लाख, प्रुुडेन्सियल इन्स्योरेन्सको १० प्रतिशतका दरले तीन करोड २४ लाख, नेपाल लाइफ इस्न्योरेन्स कम्पनीको २५ प्रतिशतको अनुपातमा ४३ करोड ३५ लाख, प्रभुु इन्स्योरेन्सको १७ प्रतिशतका दरले पाँच करोड ५९ लाख ४२ हजार पाँच सय रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । फाइनान्स समूहअन्तर्गत यस अवधिमा सगरमाथा फाइनान्सको १५ दशमलव ८५ प्रतिशतको अनुपातमा पाँच करोड पाँच लाख २५ हजार छ सय, नमस्ते वित्तीय संस्थाको २० प्रतिशतका दरले ६२ लाख ५० हजार, आईसीएफसी फाइनान्सको १० दशमलव ५० प्रतिशतको अनुपातमा तीन करोड २४ लाख, लुुम्बिनी फाइनान्सको २१ दशमलव ६१ प्रतिशतको अनुपातमा सात करोड ३५ लाख २४ हजार चार सय, रिलायन्स फाइनान्सको २० प्रतिशतको अनुपातमा सात करोड ४२ लाख ८५ हजार सात सय २० रुपैयाँ र भक्तपुर फाइनान्सको पाँच दशमलव ५० प्रतिशतको अनुपातमा एक करोड १० लाख रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार सो अवधिमा विकास बैंकतर्फ पनि १५ वटा संस्थाको झण्डै एक अर्ब रुपैयाँभन्दा बढीको बोनस सूचीकृत भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com