नेप्सेमा ४२ अंकको उच्च गिरावट

सूचक १५ सय अंकमा झ-यो, एक अर्ब सात करोडको सेयर खरिदबिक्री
आर्थिक संवाददाता
काठमाडौं, मंसिर ९
साताको चौँथो दिन बुधबार पनि नेप्से ४२ दशमलव ४९ अंकले घटेपछि बजार १६ अंकबाट तल झरेर १५ सय ३९ दशमलव ४९ अंकमा कायम रहेको छ । सो दिन क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि नौ दशमलव ३४ अंंकले घटेर तीन सय ३२ दशमलव ३५ अंकमा कायम रहेको छ । नेप्सेका अनुसार सो दिन कुुल एक सय ३१ कम्पनीहरुको छ हजार छ सय ६८ वटा कारोबारमा १५ लाख ३७ हजार पाँच सय ८८ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त परिमाणको सेयर खरिदबिक्रीबाट एक अर्ब सात करोड ४३ लाख ६७ हजार नौ सय २६ रुपैयाँको कारोबार भएको छ ।


सो दिन कुल आठवटा समूहको कारोबार भएकोमा सबैंको सूचक उच्च अंकले घटेपछि सेयर बजार पूरै रातो भएको छ । वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव पाँच अंकले घटेर १४ सय ३९ दशमलव ५२ अंकमा कायम रहेकोमा ५५ करोड ३६ लाख ९४ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । होटल समूहको सूचक एक सय दुुई दशमलव ९२ अंकले घटेर १९ सय ८३ दशमलव ७२ अंकमा कायम रहेकोमा २५ लाख ३८ हजार पाँच सय ८० रुपैयाँको सेयर खरिदबिक्री भएको छ । विकास बैंक समूहको सूचक ४१ दशमलव आठ अंकले घटेर १६ सय एक दशमलव ३७ अंकमा कायम रहेकोमा ११ करोड ८२ लाख पाँच हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


यसैगरी जलविद्युत् समूहको सूचक पनि १५ दशमलव ७४ अंकले घटेर १९ सय ७४ दशमलव २५ अंकमा कायम रहेकोमा दुुई करोड ९८ लाख तीन हजार पाँच सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ । फाइनान्स समूहको सूचक १३ दशमलव ८७ अंकले घटेर सात सय ५१ दशमलव २५ अंकमा कायम रहेकोमा एक करोड २५ लाख छ हजार तीन सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सो दिन बीमा समूहको सूचक तीन सय ६५ दशमलव ३५ तल झरेर सात हजार सात सय ४० दशमलव २९ अंकमा सीमित रहेकोमा ३१ करोड १६ लाख ८० हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । उत्पादनमूलक समूहको सूचक १२ दशमलव ६९ अंकले घटेर २२ सय २९ दशमलव १८ अंकमा कायम रहेकोमा २२ लाख नौ हजार तीन सय ८० रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अन्य समूहको सूचक १३ दशमलव ८८ अंकले घटेर सात सय ३९ दशमलव ५२ अंंकमा कायम रहेकोमा ८४ लाख ३९ हजार एक सय ३० रुपैयाँको कारोबार भएको छ ।  


नेप्सेका अनुसार सो दिन सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा परेको मेगा बैंकको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँले बढेर चार सय ६७ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनबी इन्स्योरेन्सको सेयर मूल्य तीन रुपैयाँ ३० पैसाले बढेर एक सय ८८ रुपैयाँमा कारोबार भएको छ । तेस्रो स्थानमा परेको माउन्ट मकालुु डेभलपमेन्ट बैंकको सेयर मूल्य एक रुपैयाँ ९४ पैसाले बढेर सात सय ९० रुपैयाँमा कारोबार भएको छ । गुुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य एक रुपैयाँ ८५ पैसाले बढेर दुुई सय ७५ रुपैयाँमा कारोबार भएको छ । पाँचौँ स्थानमा परेको सेती फाइनान्सको सेयर मूल्य एक रुपैयाँ ८० पैसाले बढेर दुुई सय २६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । सो दिन गुुमाउने कम्पनीको सूचीमा अग्रस्थानमा परेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले घटेर ११ सय १७ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा  परेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ७९ पैसाले घटेर सात सय ४७ रुपैयाँमा कारोबार भएको छ । तेस्रो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटल समूहको सेयर मूल्य नौ रुपैयाँ ३६ पैसाले घटेर दुुई सय १३ रुपैयाँमा कारोबार भएको छ । चौँथो स्थानमा परेको सगरमाथा फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ २९ पैसाले घटेर चार सय रुपैयाँमा कारोबार भएको छ  । नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि सो दिन नौ रुपैयाँ नौ पैसाले घटेर १५ सय नौ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।


सो दिन रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैंकको प्रतिकित्ता ३३ सय ४० रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ६० लाख ७५ हजार चार सय ६८ रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीन हजार दुुई सय ४० रुपैयाँ अन्तिम मूल्यमा १३ करोड १७ लाख ७२ हजार नौ सय ७२ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com