राष्ट्रपति ट्रम्पको अर्थनीति कस्तो होला ?

श्रीविलास दाहाल

७०–७१ वर्षको उमेरसम्म व्यापारी रह्यो, न्यूयोर्कको “ट्रम्प टावर”मा राजगर्दै रह्यो । अब केही महिना पनि अमेरिकाको राजधानी, वाशिङटनमा सरेर सारा अमेरिकामा राज गर्नुछ । अहिलेसम्म त सुन्दरीहरुसंग अंकमाल गर्दै र चुम्बन खादै, निजी विमानमा, सुनको कम्बोडमा दिशा, पिसाब गर्दै हिन्थे र अब अमेरिका सरकारको वायुसेवामा, एटम बमको फार्मुला र आदेश लिएर सजग भएर आधा सरकार लिएर उड्नुपर्नेछ । चौविसै घण्टा सजग र चनाखो हुनुपर्नेछ । अमेरिकाको राष्ट्रपतिको शान नैं अर्कै, एक एक गतिविधिको चियोचर्चो र समाचार बन्नेछ । हेरौं भविष्यले प्रष्ट पार्दैजाला ।


धैरै वर्ष पछि अमेरिकाको राष्ट्रपति पदमा कञ्जर्बेटिभ पार्टीका प्रत्याशीले नपत्याउँदा नपत्याउँदै विजय प्राप्त गरेका छन् । यस्तो व्यक्ति अमेरिकाको राजनीतिमा कहिल्यै चर्चामा आएन, सिनेटर, गभर्नरसम्म पनि भएन । ७०–७१ वर्षको उमेरसम्म व्यापारी रह्यो, न्यूयोर्कको “ट्रम्प टावर”मा राजगर्दै रह्यो । अब केही महिना पनि अमेरिकाको राजधानी, वाशिङटनमा सरेर सारा अमेरिकामा राज गर्नुछ । अहिलेसम्म त सुन्दरीहरुसंग अंकमाल गर्दै र चुम्वन खादै, निजी विमनमा, सुनको कम्बोडमा दिशा, पिसाब गर्दै हिन्थे र तर अब अमेरिका सरकारको वायुसेवामा, एटम बमको फार्मुला र आदेश लिएर सजग भएर आधा सरकार लिएर उड्नुपर्नेछ । चौविसै घण्टा सजग र चनाखो हुनुपर्नेछ । अमेरिकाको राष्ट्रपतिको शाननैं अर्कै, एक एक गतिविधिको चियो चर्चो र समाचार बन्नेछ । हेरौं भविष्यले प्रष्ट पार्दैजाला ।


उनले चुनावमा उठ्दा एउटा नारा दिएका थिए । ग्रेट अमेरिका मेक अमेरिका “अमेरिकालाई महान् वनाउँ । अमेरिका ग्रेट त छँदै थियो । यसलाई स्थायी राख्नुछ । अर्थतन्त्रलाई प्रभाव पार्ने दुई चारटा कुरा उनले गरेका छन् ।


जहाँ जहाँ पनि अमेरिकी सैनिक तैनात छन्, यदि ती देशलाई अमेरीकी सैनिक चाहिन्छन् भने, तिनले मूल्य तिर्नुपर्छ । तर यो तैनाथी अमेरीका “ग्रेट” वन्ने स्वार्थले पनि प्रेरित भएको कुरा उनले भुल्नु हुन्न् । एसियामा मात्र, जापान, फिलिपिन्स, दक्षिण कोरिया, साउदी अरब, इराक, कताकता अमेरिकी सैनिक तैनात छन् । जापानसंगको सम्बन्ध चैं अमेरिकाको प्रेम र घृणाको सम्बन्ध छ । अमेरीकी पलहर्बर बन्दरगाहमा त्यसबेला शक्तिले उन्मक्त भएको जापानले आक्रमण गरेको थिएन भनें, त्यो द्वितीय विश्व युद्धमा अमेरीकाले हामफाल्ने थियो वा थिएन । गल्ती जापानी सेनाको भन्दा पनि, त्यहाँ अमेरिकामा बसोबास गर्ने जापानीहरुको सल्लाह र उक्साहटमा त्यो काम भयो भन्ने धेरैको मान्यता रही आएको छ । राष्ट्रपतिको चुनाव जितेपछि सपथ ग्रहण गर्नु भन्दा पहिले न्यूयोर्कको “ट्रम्प हाउस”मा भेटने पहिलो एशियाली नेता जापानका प्रधानमन्त्री नैं भएका छन् । सम्बन्ध सुधार्न धेरै गाह्रो छ भन्ने कुरा ट्रम्पले बुझे जस्तो छ ।


फिलिपिनका राष्ट्रपतिलाई किन ? सनक चढेको थियो को नि ? हिजो आज शान्त भएका छन्, आखिर प्रो–अमेरिकन मानिएका फिलिपिन्सका तानाशाहको राजिन अकिनो, उनका नाता गोतामा पर्छन् र नजिकी सम्बन्ध भएकालेनै धेरै वर्षपछि मार्कोसको शव फिलिपिनमा अन्तिम संस्कार गर्ने मौका मिल्यो । वर्तमान फिलिपिन राष्ट्रपति डुतेर्ते हिजो, आज, आध्यात्मिक कुरा गर्न थालेका छन् । म सकैको दुस्मन हैन । म सवैसंग दोस्तीनै चाहन्छु । नवनिर्वाचित अमेरीकी राष्ट्रपतिसंग मेरो दोस्ती हुन्छ, भनी सकेका छन् । फिलिपिन पनि लागू पदार्थ र मुस्लीम आतंकवादीवाट पीडित छ । त्यस्ता समस्या समाधान गर्ने कार्यमा नयाँ अमेरिकी राष्ट्रपति पछि पर्लान जस्तो लाग्दैन । चीनले दावी गरेका समुन्द्री टापुको निगरानी फिलिपिनबाटै हुने हो । फिलिपीनले पनि केही टापुमा आप्mनो दावी गरेको छ । दावी त भियतनामको पनि छ ।


जटिलता दक्षिण कोरियाको छ । ३० हजार सैनिक तैनाथी छन् भनिएको भएपनि त्यतिमात्र के होलान् ? भन्ने धेरैको अनुमान छ । यहाँ त उत्तर कोरिया र दक्षिण कोरिया भन्दा पनि पृष्ठभूमिमा चीन र अमेरिका लडिरहेका छन् । द्वितीय विश्वयुद्धमा टुत्र्mयाइएका मुलुकहरुमा भियतनाम, जर्मनी र कोरिया हुन् । भियतनाम र जर्मनी एक भए तर कोरियाले त्यो अभिशाप भोगिरहेको छ । प्रथम विश्वयुद्ध सकिएपछि इनले छिमेकलाई किन दुःख दिए, बुभ्mन नसक्नु छ । भारतद्वारा काश्मीर, पाकिस्तान र बारम्बार नाकाबन्दीले दुःखी छ । सिक्किम सहित आप्mनै पूर्वोत्तर भारतका प्रान्त दुःखी छन् । तीनवाट तिब्बत+ताईवान+तियानमेन चोक र भारत, वर्मा दुःखी छन् ।


अमेरीकी सन्दर्भलाई लिएर, द्वितीय, विश्वयुद्धको चर्चा गर्नु सामयिक हुने जस्तो लाग्छ । नचाहँदा नचाहँदै पनि अमेरिका एउटा युद्धको धुरीमा आपूm संलग्न हुन वाध्य भयो । एकातिर अमेरिका, ब्रिटेन र फ्रास देखिए भने अर्कोतिर जर्मन, इटली र जापान देखिए । अन्य झिंना, मसिना, अन्य राष्ट्रको कुरा गौण देखिन्छ । नेपाली सेनाले पनि भाडाको रुपमा भएपनि द्वितीय विश्व युद्धमा भाग लियो । हाम्रो लोक गीतमा “खुकुरी भिरेर सोल्टी जानु प¥यो जर्मनको धावैमा” भन्ने भेटिन्छ । तर तत्कालिन अमेरिकी राष्ट्रपतिले बडो दूरदर्शिता, सुझबुझ र अमेरिकाको अर्थतन्त्रमा, राजनैतिक र सैनिक शक्तिमा पनि क्षय नहुने हिसाबले युद्धमा भाग लिए । उनको रणनीति के रह्यो भने, उपनिवेसवादी शक्ति मुख्यत ब्रिटेन र फ्राँसको महत्वाकांक्षामा पनि ब्रेक लागोस्, यूरोपमा आतंक मच्चाएको नाजीवादी शक्ति जर्मन र फाँसीवादी इटली र जापानलाई पनि सन्तुलित र समाप्तै पार्ने रणनीति लिए । जर्मनीमा हिटलरलाई ठीक पार्न उनले कसको कम्यूनिष्ट शासनलाई पनि सहयोग र उपयोग गरें, चर्चित तत्कालिन युद्धका बिट्रीस प्रधानमन्त्री, विद्वान, कुशलवक्ता, सनकालाई पनि सन्तुलनमा राखे त्यतिखेर चर्चित, अमेरिकी र स्टालीनका वैठकका फोटो भेटिन्छन् । भनिन्छ त्यति बेला अमेरिकाले अस्सी ट्रक, गोली गठ्ठा र रासन स्टालीनलाई सहयोग गरेर जर्मनीमा आक्रमण गराए । नत्र भने हिटलरले स्टालीनलाई काँचै खान्थे ।


अमेरिकाको राज्य सञ्चालनमा, कूटनीतिमा अब्बल भनेर तत्कालिन परराष्ट्रमन्त्री हेनरी किसिन्जरलाई मानिन्छ । नत्र भने अमेरिकाको सुरक्षा र परराष्ट्र नीतिमा सि.आई.एकै. सूचना र सल्लाहमा निर्भर हुने चलन छ । वर्तमान राष्ट्रपति ट्रम्पको “मेक अमेरिका ग्रेट अमेरिका” नारा अथवा सिद्धान्तलाई जति उदाहरण र तर्क दिएर “सि.आइ.ए.”ले सिद्ध गर्न सक्ला त्यति अरु कसले सक्ला ? वुढा व्यापारी कति सकृय हुन सक्लान् ?


सि.आई.ए.को विषयमा, केही कथा भनिन्छन् र ती कति सत्य र तथ्यका नजिक छन्, त्यो भनें थाहा भएन । कथा स्वीजल्र्याण्डतिरको हो । तत्कालिन अमेरिकन सि.आई.ए.का चिफ आप्mनो कुनैं महत्व रिपोर्ट तयार गर्न हो वा छुट्टीमा, स्वीजल्र्याण्डमा आएका छन् भन्ने कुरा, स्वीजल्र्याण्डमा निर्वासित भएका लेनिनले थाहा पाएछन् । रुसी क्रान्ति निकै ज्वारमा पुगेको थियो । सफल भएको थिएन । लेनिनको नाम पनि चलेको थिएन । उनी गए छन् । चिफको सहयोगीलाई म लेनिन भेट्न आएको भनेर खबर पठाएछन् । अमेरिकन सिआइएको दिमागको कुनै कुनामा त्यो नाम रहेनछ । उनले “ह्वाट ननसेन हू लेनिन” भनेर हकारे छन् र लेनिनलाई भेट्न मानेनछन् । लेनिन फर्किए ।


अमेरिकन सि.आइ.ए. चिफ, अमेरिका फर्केको ६ महिनापछि रुसमा क्रान्ति भयो जताततै, संसारभरि “लेनिन, लेनिन” भन्ने समाचार आयो रुसी क्रान्तिका शीर्षस्थ र लोकप्रिय नेता, क्रान्तिकारी नेता, पछि उनले आप्mनो संस्मरणमा स्वीजल्र्याण्डमा लेनिनलाई त्यतिबेला नभेट्नु, आप्mनो कार्यकालको धेरै त्रुटीहरु मध्ये यो एउटा ठूलो त्रुटी भनी स्वीकारेका थिए भनिन्छ ।


भावी राष्ट्रपति ट्रम्पले पुटीनलाई अगालेका छन् । पत्रपत्रिकाले आपूm भन्दा ठूलो भालु अंगालेको “कार्टून” बनाएका छन् । पुटीन सवैतिरवाट वर्तमान रुसका शक्तिशाली नेता, ट्रम्प भन्दा प्रशासन र कुटनीति सबैमा अनुभवी रुसको शक्तिशाली गुप्तचर संस्था “के.जी.वी.”का चिफ, पहिलो कार्यकाल राष्ट्रपति रुसको संविधानलाई सम्मान गर्दै प्रधानमन्त्री, अनि फेरि राष्ट्रपति, आफैं हेलिकोप्टर हाँकेर हिन्ने, पुटीनलाई ट्रम्पले उपयोग गर्लान अथवा पुटीनले अमेरिकालाई कहाँ लगेर कसरी फँसाउने हुन, यो निकट भविष्यले प्रस्ट पार्ला ।


रह्यो चीनसंगको अमेरिकाको व्यापार घाटा ,चीन सामानलाई ४५% पैतालिस प्रतिशतसम्म कर लगाउने “ट्रम्प”ले चुनावी सभामा भाषण गरिसकेका छन् । चुनावका भाषण, वादा, आश्वासन व्यवहारमा लागु हुँदैनन्, तैपनि चीनसंगको सम्बन्ध धेरै जटिल छ । हिजो आज भारत र चीनको चोचोमोचो निकै मिलेको छ । तर अमेरिकालाई पनि मोदीले गर्लम्मै अंगालो मारेका छन् । भारतीयहरु चाइनालाई “ड्रेगन” भन्ने गर्थे । ट्रम्पले भालुमा सवार भएर ड्रगनको शिकार गर्न खोजेका हुन भने त “तृतीय विश्व युद्ध” एशियामा हुने निश्चित छ । आर्थिक युद्ध त प्रारम्भ भैसकेको छ ।


चीनको वर्तमान आर्थिक अवस्था “सरप्लस”मा छ, जताततै आँखा चिम्लेर उसले लगानी गरिरहेको छ । अफ्रिकादेखि एशियासम्मका देश उसको अर्थतन्त्रको प्रभावको चपेटामा आइसकेका छन् । जापानका सिक इण्डस्ट्रीका सम्पत्ति खरीद गर्नेसम्मका कुरा आइसकेका छन् । नेपालका सन्दर्भमा त चिनियाँ मजाकै उडाउँछन्, चीन दुई हात खोलेर दिन तैयार रहेको छ । नेपाल नत माग नै जान्दछ, नत विकासका प्रष्ट योजना वनाउँछ ।


शीत युद्ध र एसियामा कम्यूनिष्ट शासन समाप्त भएपछि अमेरिकाले सोचे जस्तो एकल शक्ति केन्द्र र आपूm त्यस्को दादा हुने सपना चकनाचुर भएको छ । एशियामा मुश्लीम आतंकवादले गर्दा साउदी अरबमानैं सैनिक तैनाथी गर्नु परेको छ । यूरोपमा यूरोले नीदहराम गरेको छ । ब्रिटीश यूरोपियन यूनियनबाट अलग भएर अमेरिकालाई खासै फाइदा पुग्ला जस्तो छैन, जर्मन बलियो हुँदैन, त्यसको श्रेय चान्सलरलाई गएको छ र चौथों पटक पनि आइरन लेडी जर्मनीको चान्सलरमा उठ्ने तयारीमा लागे जस्तो छ ।


रह्यो आप्रवासीको कुरा, ट्रम्पकै चुनावी भाषण अनुसार, अमेरिकी सवै राज्यमा अवैध रुपले बसेका आप्रवासी झण्डै एक करोड छन् र तिनमा ३० लाख जति चैं, आतंकवाददेखि विभिन्न, अपराधमा संलग्न छन् र तिनलाई उनी राष्ट्रपति हुने वित्तिकै, अमेरिकाबाट खेदने छन् । खेदिनेमा नेपाली पनि नपर्लान जस्तो छैन । तर मलाई लाग्छ उनले खेदने काम गर्ने छैनन् । उनको बढी झोंक चै मेक्सिन आप्रवासीमाथि देखिएका छ । मेक्सिको केरा नभए अमेरिकामा, अमेरिकन बनाना एक्सप्रेस कसरी बन्ला । वाल बनाउने काम फेल भइसकेको छ । जर्मनीको वाल भत्कियो । ट्रम्पले क्यूवाको विषयमा भनें खासै चर्चा गरेको पाइएन ।


अमेरिकाको समस्या भनेको स्वभावगत र नीतिगत दुवै देखा प¥यो, स्वभाव कस्तो भनें पाँच दिन कमाएर दुइदिन मोजमस्ती, दुनियाँ भरिका, मान्छे गएर काम नगरिदिने हो भने, उसको अर्थतन्त्र चलायमान र विकसित हुन गारै पर्छ । आप्रवासीलाई गाली गरेर मात्र के गर्नु ? सारा आप्रवासी यूरोपियन आएर बसाएको अमेरिका, कता, कता, अमेरिकन समाजमा आप्रवासी र उनीहरुको श्रमप्रति सम्मान र सहानुभूति रहेको पाइन्छ ।


नीतिगत समस्या के प-यो भने, खुलावजार र उदार अर्थनीतिबाट अमेरिकन अर्थनीतिले स्वामित्व जनाउँछ र अमेरिकन एकाधिकार रहन्छ भन्ने अनुमानले फेल खायो । जताततैको राजनीति नियन्त्रण गर्ने क्रममा भएका अनुत्पादक सैनिक हस्तक्षेपले, उसको अर्थनीतिलाई बल पु-याएन ।


खुला र प्रतिस्पर्धी उदार अर्थनीतिले, नयाँ नयाँ देशहरुमा पूँजीको नयाँ र भरपर्दो विकास होला भन्ने अमेरिकन अर्थशास्त्रीले सोचेका थिएनन् र भैगए पनि अमेरिकाले यसरी कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ला भन्ने कुरा त उनीहरुको मनमा थिएन । नेपालमा पनि पूँजीको विकास त नभएको होइन नि, राजनैतिक पार्टीले आप्mनो राजनीति संचालनमा अपरिपक्क भएकाले पूँजीले आप्mनो भूमिका खेल्न पाएन, पूँजी विकासतिर जसरी अग्रसर हुनु पथ्र्यो भएन ।


एउटा व्यापारीको रुपमा ट्रम्पले, अमेरिकाको अर्थतन्त्रलाई बलियो पार्न र अमेरिकी डलरको साख बचाउन प्रयत्नशील रहनेछन् भन्ने विश्वास त लिनै प¥यो । उनी सफल व्यापारी त हुँदै हुन् । यूरोपमा पुरानो ब्रिटेनले पुरानै मित्रताको आधारमा अमेरिकाले भन्ने बित्तिकै ब्रिटेनले मानी हाल्ला भन्न गा¥हो छ । इराक युद्धमा अमेरिकाको लहैलहैमा लागेर ब्रिटेनले धेरै जनधनका क्षति र संसद्मा, विरोधको सामना गर्नुप¥यो । उसलाई पनि आप्mनो पाउण्डको साख र मूल्य बचाउनुछ । जर्मन चान्सलर मार्केल यूरो काँधमा लिएर फेरि सत्तामा आउँदैछिन् । चाइना ऐनले पनि डलरलाई धम्की दिइनै रहेको छ । यी यावत् समस्या त ट्रम्पका सामु छँदैछन् ।


यता राजनैतिक रुपमा, अमेरिकाले प्रतिबद्धता जनाउँदै आएका, लोकतन्त्र, मानव अधिकार, आतंकवादका विरोधी अभियानबाट पनि राष्ट्रपति ट्रम्पले भाग्न मिल्दैन । न्यूयोर्कबाट वासिंगटन राष्ट्रपति भवनमा आप्mनो टिमसहित पुगेपछि अरु सुरक्षा, कुटनीति, आतंकवाद आदि अनेक समस्यासंग सामना गर्नुपर्नेछ । हाँस्तै, खेल्दै, छोरीहरुसंग ट्वीट गर्दै ओवामाले विताएका दिन जस्ता, स्वभाव र अनुभव उमेरले पनि ट्रम्पलाई साथ दिने छैनन् ।


आर्थिक विषयमा एउटा काल्पनिक तर यथार्थको नजिक अनुमान लगाउन त्यति अप्mठेरो त छैन । राष्ट्र संघको अनुदान कटौती होला ? यो ठिकै छ, अरुले पनि सहयोग गर्नुपर्छ । सिआईएको मनमाना बजेट र सैनिक हस्तक्षेप रोकिएला ? ल्याटिन अमेरिका र एशियाका सस्तोश्रम र विशाल बजारमा डलर लगानी होला, नेपाललाई चैं “संघीय लोकतान्त्रिक गणतन्त्र” संस्थागत गर्न सहयोग वृद्धि होला ?




प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com