सेञ्चुरी बैंकको पहिलो त्रैमासिक नाफा सात करोड ४२ लाख

काठमाडौं, मंसिर ८
सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा सात करोड ४२ लाख २४ हजार रुपैयाँ रहेको थियो ।


चुक्ता पुँजी दुुई अर्ब ८४ करोड आठ लाख रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ३१ अर्ब ६८ करोड १६ लाख ४३ हजार रुपैयाँ निक्षेप संंकलन गरी २७ अर्ब ५९ करोड ६७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा दुुई अर्ब २२ करोड ५२ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा २१ करोड ८१ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड १६ लाख १२ हजार रुपैयाँ रहेको बैंकले सो अवधिमा ‘राइट ब्याक’मार्फत १० लाख तीन हजार रुपैयाँ प्राप्त गरेको छ । निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ३३ प्रतिशत रहेको बैंकको स्प्रेडदर तीन दशमलव ३१ प्रतिशत रहेको छ ।


बैंकले गत आवको सोही अवधिमा २५ अर्ब ३० करोड २१ लाख २६ हजार रुपैयाँ निक्षेप संंकलन गरी २१ अर्ब ३२ करोड नौ लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । घरजग्गा क्षेत्रमा एक अर्ब चार करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैैकले उक्त अवधिमा  १८ करोड ४१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम दुुई करोड ८९ लाख ७३ हजार रुपैयाँ रहेको बैंकको ‘राइट ब्याक’ रकम एक करोड ३४ लाख ४५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४४ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com