धितोपत्र बोर्डले दियो, दुुई संस्थालाई एक अर्ब २० करोडको हकप्रदको स्वीकृति

काठमाडौं, मंसिर ८
नेपाल धितोपत्र बोर्डले एउटा विकास बैंक र एउटा हाइड्रोपावर कम्पनीलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि स्वीकृति दिएको छ । बोर्डले पछिल्लोपटक क्षेत्रीयस्तरको कञ्चन डेभलपमेन्ट बैंक र सानिमा माई हाइड्रो पावर कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि स्वीकृति दिएको हो ।
स्वीकृतिअनुसार कञ्चनले विद्यमान चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुुईबराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ करोड ९० लाख रुपैयाँबराबरको नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल चुक्ता पुँजी १९ करोड ८० लाख रुपैयाँको हाराहारीमा रहेको बैंकको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी २९ करोड सात लाख रुपैयाँ पुुग्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी सानिमा माई हाइड्रोले पनि एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी एक अर्ब पाँच करोड ५० लाख रुपैयाँबराबरको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । हकप्रद सेयरको बिक्रीपश्चात् कम्पनीको चुुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ पुुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा भने एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com