डा. केसीको मागको समर्थन गर्दै प्रदर्शन


काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ । डा. केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो ।
प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा. केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत दुईहजार व्यक्तिको सहभागिता रहेको थियो ।
प्रदर्शनमा डा. सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा. केसीको अनशन भएको बताउनुभयो । उहाँले अनशन नेपाली जनताको हितमा भएको समेत स्पष्ट पारेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com