सहुलियत कर्जा घर नै नभएकालाई मात्र ः राष्ट्र बैंक

 आर्थिक संवाददाता
काठमाडौं, असार ७, भूकम्पपीडितहरुलाई व्यक्तिगत आवास निर्माणको लागि भनेर दिइने दुुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा बस्नयोग्य आवासीय घर नै नभएकालाई मात्र दिइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसमेतको परिपत्र जारी गर्दै व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भूकम्पपीडितलाई व्यक्तिगत आवास निर्मााणको लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि २०७२ को बुँदा नम्बर दुुर्ई र आठलाई संशोधन गर्दै नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
व्यवस्थाअनुुसार भूकम्पले क्षतिग्रस्त आवासीय घर गाउँ विकास समितिमा भए सोही गाविसभित्रै, नगरपालिका भए सम्बन्धित वडाभित्रै आवास निर्माण गर्नको लागि मात्र पुनर्कर्जा उपलब्ध गराइनेछ । तर क्षतिग्रस्त स्थान बस्नयोग्य नभएको प्रमाण सरकारको आधिकारिक निकायबाट प्राप्त भएको खण्डमा भने अर्को स्थान वा अर्को जिल्लामा आवासीय घर निर्माणको लागि समेत कार्यविधिअनुसार पुनर्कर्जा दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसको लागि भूकम्पपीडित भई कुनै पनि आवासीय घर नभएको भूकम्पले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रमाण पेस गर्नुुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अघिल्लो वर्षको वैशाख १२ गतेको भूकम्पमा घरवारविहीन भएका जनताको पुनर्वासको लागि काठमाडौं उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो । यसको लागि पुनर्कर्जा माग गर्ने सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकले शून्य ब्याजदरमा पुनर्कर्जा दिने र त्यसलाई बैंकहरुले दुुई प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्ने व्यवस्था रहेको छ । तर भूकम्पपीडितको लागि भनिए पनि झन्झटिलो प्रावधानका कारण प्रभावकारी रुपमा यस्तो कर्जाको माग हुुनसकेको छैन ।


राष्ट्र बैंककै तथ्यांकअनुसार
चालू आर्थिक वर्षको दश महिना
भित्रमा एक करोड ५० लाख रुपैयाँको हाराहारीमा यस्तो सहुलियत कर्जाको प्रवाह भएको छ ।
राष्ट्र बैंकले सोमबार नै परिपत्र जारी गर्दै बैंक तथा फाइनान्स कम्पनीहरुले एउटै प्रकृतिका व्यक्तिको नाउँमा एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । यसबाहेक एउटै व्यक्तिलाई एकभन्दा बढी प्रकरणको डेबिट वा क्रेडिट कार्ड जारी गर्न नपाइने निर्देशिका समेत राष्ट्र बैंकले जारी गरेको छ । एउटै प्रकृतिको खाता खोलेको र एकै प्रकृतिको कार्ड जारी गरेको भए नयाँ व्यवस्थाअनुसार समायोजन गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । तर यो व्यवस्था मुुद्दती खाताको हकमा भने लागू हुनेछैन, राष्ट्र बैंकले भनेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com