शार्वजनिक शौचालयमा ‘कोरेक्स’सहित एक जना पक्राउ

हेटौडा नगरपालिका, स्थानीय आदर्श टोल विकास सस्था मौन रहदा स्थानीय तथा ब्यवसायी मारमा


धर्मेन्द्र दाहाल,हेटौँडा १असार
जिल्ला प्रहरीले दैनिकजसो कोरेक्स सहित पक्राउ परेको अभियुक्तलाई सार्वजनिक गरिरहदा समेत मकवानपुरको हेटौँडा १० बसपार्कमा रहेको सार्वजनिक शौचालयमा कोरेक्सका बोतलहरु पाइन्छ । सर्बसाधरण यात्रुहरुलाई शौच गर्नको निमित्त निर्माण गरिएको सार्वजनिक शौचालय लागुपदार्थ प्रयोगकर्ताको अखडाको रुपमा परिणत भएको थाहा पाउदा समेत शौचालय ब्यवस्थापनको जिम्मेवारी बहन गरेको हेटौडा नगरपालिका, स्थानीय आदर्श टोल विकास सस्था मौन रहदा स्थानीय तथा ब्यवसायी मारमा परेका छन् ।
टाढाबाट यात्रा गरेर आएका यात्रुहरुलाई शौचको लागि सुविधा होस भनेर निर्माण गरिएको सार्वजनिक शौचालयको निकै नजिग रहेको जिल्ला प्रहरी कार्यालय, चौविसै घण्टा डिउटीमा रहेका प्रहरीकै अगाडी लागुऔषध प्रयोगकर्ताले शौचालयलाई लागुऔषध प्रयोग भुमिको रुपमा प्रयोग गर्दा समेत स्थानीय नगरपालिका तथा प्रशासन मौन रहनु निकै गम्भिर विषय भएको बसपार्कका एक ब्यवसायिले बताए । उनले भने ‘हामै्र अगाडी लागु औषधको प्रयोग गर्नेहरु त्यो ‘ट्वाईलेटमा’ प्रबेश गर्दै लागुऔषध प्रयोग गर्दा समेत हामी मौन रहनु पर्ने वाध्यता छ ।’
यसबारे स्थानीय नगरपालिका शौचालयको ब्यवस्थापकिय जिम्मा लिएको स्थानीय आदर्श टोल विकास सस्था तथा प्रहरी प्रशासनलाई जानकारी रहेको भएपनि उचित कदम नचालिँदा शौचालय लागुऔषध प्रयोगकर्ताको अखडा बन्ने गरेको स्थानीय ब्यवसायिहरुले बताए । शौचालयभित्र लागुऔषध प्रयोग गरिरहेको समयमा यात्रु तथा बटुवा शौचालय प्रबेश गरे उनिहरुले अमर्यादित क्रियाकलाप समेत गर्ने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
उता हेटौाडा नगरपालिकाका प्रवक्ता भिमप्रसाद तिमल्सिनाले आफुहरुलाई स्थानीयतहबाट हालसम्म जानकारी नभएको र उक्त शौचालयको ब्यवस्थापकिय जिम्मेवारी आदर्श टोल विकास सस्थाले लिएको जनाए । आदर्श टोलविकास सस्था मार्फत पनि जानकारी नआएको बताउँदै उनले चाँडैनै स्थानीय प्रहरी प्रशासनको सहयोगमा उक्त शौचालयलाई दुब्र्यसनमुक्त बनाउने बताए । उता आर्दश टोल विकास सस्थाका अध्यक्ष रमेशरत्न स्थापितसँग पटक–पटक सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन ।
त्यसै गरि हेटौंडा बसपार्कमा रहेको शार्वजनिक शौचालयमा लागु औषध प्रयोग गर्दै गरेको अवस्थामा एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । हेटौँडा बसपार्कमा रहेको प्रहरी साहायक निरिक्षक टेकबहादुर लामा नेतृत्वको प्रहरी टोलिले लागु औषध प्रयोग गर्दै गरेको अवस्थामा ट्वाईलेटबाट हेटौँडा ८ का विक्रम श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार पक्राउ परेको लागुऔषध प्रयोगकर्ता श्रेष्ठको साथबाट १ थान फेनार्गन, १ थान मोफिन, १ थान प्रगोग भएको खाली सिरिन्ज फेला परेको छ । उनलाई अनुसन्धानाको लागि प्रहरीले  आफ्नो नियन्त्रणमा राखेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com