प्रहरीस“गको ‘सेटिङ’मा मिटर ब्याज उठाउने धन्दा


आर्थिक संवाददाता
काठमाडौं, वैशाख १५ महानगरीय प्रहरीपरिसर काठमाडौंसँगको ‘सेटिङ’मा वीरेन्द्रलाल श्रेष्ठले मिटर ब्याजको लगानी उठाउनथालेका छन् ।
सुकेधारामा रहेको एउटा सहकारी संस्थाको नाममा कर्जा दिएको कागजात बनाएर मिटर ब्याज असुल्दै आएका वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका उच्च अधिकृतहरुकै अवैध रकम जम्मा गरेर मिटर ब्याजको धन्दा सञ्चालन गर्दै आएका व्यक्ति हुन् । पहिला सुकेधारामा रहेको भनिएको लिखित कागजपत्र बनाउने उक्त सहकारी अहिले मूलपानीमा वीरेन्द्रलालले कब्जा गरेको घरमा राखेको बताइएको छ तर त्यस सहकारीको साइनबोर्ड सुकेधारामा पनि थिएन, मूलपानीमा पनि छैन । दुई रोपनीमा बनेको बरालको मूलपानीको छ तले घर वीरेन्द्रलालले ८० लाखमा कब्जा गरेका थिए । उक्त सहकारीमा वीरेन्द्रलाल श्रेष्ठका अलावा भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङका भाई पहलबहादुर गुरुङ, विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतलगायतका व्यक्ति संलग्न रहेका छन् । वीरेन्द्रलालले कृष्ण बस्नेतको समेत पाँच लाख रुपैयाँ चप्काइदिएको बुझिएको छ । ती वीरेन्द्रलाले अवैध सहकारीको नाममा ठेकेदार इनामसिंह लामालाई १५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसको साक्षी राखेर परमेश्वर कार्कीसँग पनि १९ लाखको चेक लिइएको थियो । वीरेन्द्रलालले १५ लाख कर्जा दिँदा चार लाख ५० हजार रुपैयाँ दुई महिनाको ब्याज कटाएर लामालाई १० लाख ५० हजार रुपैयाँ दिएका थिए । त्यसमा पनि लामाले सात लाख रुपैयाँ तिरिसकेका थिए । तर एक महिनाअघि काठमाडौं प्रहरीले वीरेन्द्रलालसँगको सेटिङमा इमानसिंह लामा र परमेश्वर कार्कीलाई टेकुमा बोलाई छुट्टाछुट्टै जनही १९ लाख रुपैयाँ वैशाख १५ गते बुधबार तिर्ने कागज गराएका थिए । १५ गते बुधबार १५ लाख रुपैयाँ लिएर टेकु पुग्दा वीरेन्द्रलाल आफैं अनुपस्थित भएर सो रकम अवैध रुपमा सञ्चालन भएको चौतर्फी बचत तथा ऋण सहकारी संस्थाको राजेन्द्र कार्कीलाई बुझाउनु भनेर आदेश दिएपछि इमानसिंह र परमेश्वरले छुट्टाछुट्टै रुपमा लिएर गएको रकम बुधबार लिएरै फर्किए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com