जनमैत्री अस्पतालले एक करोड विद्युत् महसुल तिरेनअटेर गरेपछि लाइन काटियो


आर्थिक संवाददाता
काठमाडौं, वैशाख १५ काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालले विद्युत् महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले बुधबार विद्युत् लाइन काटिदिएको छ । लाइन काट्नुपूर्व प्राधिकरणले लगातार १५ वटाभन्दा बढी पत्र पठाएर महसुल बुझाउन आग्रह गरेको थियो । उक्त आग्रह पनि अटेर गरेपछि प्राधिकरणले मंगलबार महसुल नबुझाएमा बुधबार लाइन काटिने भन्दै वैकल्पिक व्यवस्था गर्न भनेको थियो ।
‘अस्पतालजस्तो संवेदनशील ठाउँमा हामीले अप्रत्याशित रुपमा लाइन काट्नुहुन्न भनेर महसुल बुझाउन पटक–पटक पत्राचार ग¥यौं’, प्राधिकरणका एक अधिकारीले भने, ‘अन्तिम पत्र भन्दै हामीले धेरै पत्र लेख्दा पनि अटेर गरेपछि बुधबार लाइन काटिने जानकारी हामीले मंगलबार नै अस्पतालको व्यवस्थापनलाई गराएर लाइन काटेका हौं ।’
लाइट काट्न गएको प्राधिकरणको टोलीलाई अस्पताल प्रशासनले कुटपिट गर्ने प्रयास गरे पनि प्राधिकरणको टोली ठूलो रहेको कारण सफल हुनसकेन । ‘लाइन काट्न गएका कर्मचारीलाई भित्र लगेर थुनेर पिट भन्ने आदेश अस्पताल प्रशासनले दिएपछि केही व्यक्ति आएका थिए’, लाइन काट्न गएका एक कर्मचारीले भने, ‘हामी पनि धेरै गएको कारण एक्कासि हात हाल्न सकेनन् तर पनि पिट्छन् भन्ने डरले हामी भागेर आयौँ ।’ लाइन काटिएपछि अस्पतालको मुख्य व्यक्ति बताउने कृष्णप्रसाद शर्माले प्राधिकरणका उच्च अधिकारीलाई समेत गुहारेका छन् । तर, महसुल नबुझाएसम्म लाइन नजोड्ने अडान प्राधिकरणले लिएको छ । फागुन ११ गते पनि प्राधिकरणले महसुल बुझाउन आउनु भनेर पत्र लेखेको थियो ।
प्राधिकरण स्रोतका अनुसार उक्त अस्पतालले प्राधिकरणलाई ९७ लाख ४२ हजार ९४ रुपैयाँ महसुल बुझाउन बाँकी छ । उक्त अस्पतालले २०६८ सालदेखि नै महसुल बक्यौता राख्दै आएको थियो । २०७० सालपछि एकपटक आठ लाख महसुल बुझाएको थियो भने २०७२ सालमा महसुल दुई लाख ६० हजार र जरिवाना ४० हजार गरी तीन लाख रुपैयाँ मात्र बुझाएको थियो । मन्त्रीको निवासको लाइन समेत महसुल नबुझाई नजोडेको प्राधिकरणले उक्त अस्पताललाई पनि महसुल चुक्ता गरेपछि मात्र लाइन जोड्ने जानकारी दिएको छ । अपस्तालका सीईओ शर्माले प्राधिकरणका केही अधिकारीहरुलाई अस्पतालमा तिम्रो बुबालाई भर्ना गरेको बेला लाइन काटियो भने के हुन्छ भनेर प्रश्न गरेका छन् । तर, प्राधिकरणले भने जो भर्ना गरे पनि अस्पतालले निःशुल्क उपचार नगर्ने भन्दै महसुल उठाउने आफ्नो दायित्व भएको भन्दै पछि नहट्ने प्रष्ट पारेको छ ।
एमाओवादी नेता जनार्दन शर्माका पाँच जना आफन्त र कार्यकर्ताको नाममा ट्रष्टको रुपमा सञ्चालित अस्पताललाई तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५÷०६६ मा एक करोड रुपैयाँ दिएका थिए । अस्पतालमा बिरामी नआएको कारण माओवादी नेतृत्वले उक्त अस्पताल नोबेल मेडिकल कलेजका पूर्वअध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको टोलीलाई बिक्री गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com