कर्मचारी सञ्चय कोषको अवस्था कमजोर

जोखिम बढ्यो, सहबित्तीकरणमा प्रवाह भएको अधिकांशकर्जा उठेन


आर्थिक संवाददाता
काठमाडौ बैशाख ११
कर्मचारी सञ्चय कोषको अवस्था कमजोर देखिएको छ । कोषले पुुर्वाग्रहीरुपमा श्रोत र साधनको दुरुपयोग गरेको, अधिकांस कर्जा खराव कर्जामा परिणत भएको, भवन भाडा दिदां पनि संस्थालाई घाटा हुने गरी दिने  लगायतका कैफियतका आधारमा पनि कोषको अवस्था कमजोर देखिएको हो ।
महालेखा परिक्षकका अनुसार कोषले पोखरास्थित एक होटललाई बिसं २०५४ साल भदौ पाँच गते नेपाल बैकको नेतृत्वमा एक व्यक्तिको जमानत दिएर दुुई वटा बाँणिज्य बैक र कोष समेतले  कर्जा प्रवाह गरेको छ ।
उक्त कर्जा अन्र्तगत कोषले प्रवाह गरेको पाँच करोड मध्ये आव २०७१, ०७२ को आषाढ मसान्तसम्ममा टर्म लोन ए को सावाँ छ करोड ३८ लाख र टर्म लोन बी को पाँच करोड २७ लाख रुपैैयाँ र सोमा लाग्ने व्याज समेत असुल गर्न बाँकी रहेको छ । नियमअनुसार बुुझाउनुुपर्ने किस्ता नबुुझाएकाले कालोसुचीमा समावेश गरिएको ऋणलीले कर्जा पुर्नसंरचना गर्नको लागि दिएको निवेदनका आधारमा बिसं २०६५ साल बैशाख २६ गते ऋणी र कन्र्सोटियम बैकहरुबिच कर्जा पुर्नसंरचना सम्वन्धी सम्झौता गर्दा कोषले सात करोड ६६ लाख रुपैयाँ कम हिसाव राखेको महालेखा परिक्षकले जनाएको छ । उक्त होटलाईलाई बिसं २०७१ जेठ २६ गते रुग्ण उद्योगमा राखिएको र होटललाई कोषले बिभिन्न समयमा ताकेता गर्दा पनि कर्जा पुर्नसरंचना अनुसार कुनै रकम जम्मा गरेको छैन ।
कोषले परियोजना कर्जा अन्र्तगत १९ ऋणीलाई २५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । महालेखा परिक्षकका अनुसार यस मध्येमा सात ऋणीको ५० करोड ५२ लाख रुपैयाँ खराब कर्जामा परिणत भईसकेको छ । सहबित्तीयकरणमा प्रवाह भएको कुनैपनि अशुुल भएको छैन । ऋण असुली न्यायधिकरणमा कोषसंग सम्वन्धीत सहबित्तीयकरण कर्जाको आठ वटा मुुद्धा दायर भएकोमा एउटा खाद्य प्रशोधन कम्पनीसंग तीन करोड ८२ लाख, एउटा फर्टिलाई जर कम्पनी संग सात करोड चार लाख, एउटा चिनी उद्योगसंग २५ करोड सात लाख रुपैयाँ असुल गर्ने गरी पाँच बर्षअघि निर्णय गरेको भएपनि कोषले हालसम्म पनि ति कम्पनीसंग कुनै रकम उठाउन नसकेको महालेखाले जनाएको छ । यसबाहेक कोषको बिभिन्न स्थानमा रहेको भवन बहालमा दिने क्रममा ठुलो रकम अनियमितता भएको महालेखाको प्रतिवदेनमा उल्लेख छ ।
कोषले लगनखेलस्थित आपनो भवन १५ वषंका लागि एक एग्रोलाइं भाडामा दिने गरी करार सम्झौता
गरेकोमा बुझाउन बाकी बहाल रकममा सम्झौता बमोजिम लाग्ने हजांना व्याज २३ लाख रुपैयाँ घटाएर हिसाव देखाएकोमा उक्त रकम असुल हुनुुपर्ने देखिन्छ ।  कोष र एक मेडिकल कलेजबीच कोषको पोखरास्थित एक भवन औसत प्रति वगंफिट सात रुपैयाँ ६२ पैसा पर्नेगरी बिसं २०६५ साल फागुुन ३० गते सम्झौता गरेको थियो । पछि कोषले सोही कलेजलाई बिसं २०६९ भदौ १८ गते पुन सम्झौता गरी नयाँ भवन निर्माणको लागि स्वीकृती दिई मासिक औषत प्रति बर्गफिट भाडा आठ रुपैयाँ ३८ पैसा पर्ने गरी सम्झौता गरेको थियो  । शुरुको सम्झौता दरमा नै भाडा दर व.द्धि हुदा प्रति वगंफिट नौ रुपैयाँ २२ पैसा हुने भएकोले प्रति बर्गफिट ८४ पैसा घटी हुने गरी भवन भाडामा दिएको र कलेजले बिसं २०७२ असार मसान्तसम्ममा बुुझाउन बाँकी रकम १८ लाख रुपैयाँ र हर्जाना दाखिला नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।  निमांण भएको नयाँ भवनको पूरै भाडा असुल नहुनुका साथै बिसं २०७० असोज एक गते दाखिला  गर्नुपर्ने ३० लाख रुपैयाँ धरौटी समेत दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ ।
सुन्धारास्थित काठमाडौ मलको भवनको भाडा करार सम्झौताअनुसार भुक्तान नगरेपछि कोष र भाडावालबीच विवाद रहदै आएकोमा पुनरावेदन अदालत पाटनको आदेशानुसार बिसं २०७१ माघ १४ गते मध्यस्तकर्ताको नियुुक्ती भएको देखिन्छ । मध्यस्थ ऐन, २०५५ अनुसार निधांरित समयभित्र निज भाडावालले आपनो दाबी पेस नगरेपछिमध्यस्थकतांको काम २०७२।२।२५ मा अन्त्य भएको देखियो । तर कोषले विभिन्न मितिमा भाडावालसग करार सम्झौता भग गनं खोजे तापनि भाडावालको अनुरोध तथा भाडा तिनें प्रतिबद्धताका कारण समय थप हुदै आएको थियो । कोषले काठमाडौ मलसंग गत असार मसान्तसम्मको १२ करोड ५३ लाख रुपैयाँ भाडा उठाउन बाँकी रहेको महालेखाले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com