दिक्षीतको मुद्धाको बहस ! छानविनको लागि १० दीन म्याद थप

दिक्षीतको मुद्धाको बहस ! छानविनको लागि  १० दीन म्याद थप


साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई अकूत सम्पत्ति जोडेको अभियोगमा शुक्रबार हिरासतमा लिएको थियो भने अहिले बहस चलिरहेको छ ।
उक्त मुद्धामा सरकारी पक्षबाट सहन्याधिबत्ता सुर्यनाथ दहाल, पदम पाण्डे, मुरारि पौडेल र अधिवत्ता नरेन्द्र पाठकले बहस गरेका थिए भने दीक्षीतको पक्षबाट अधिवत्ता सम्भु थापा, सतिश खरेल, रमेश बराल र सिताराम भट्टराई रहेका थिए । छानविनको लागि ३० दिन म्याद थप गर्न माग गरिएतापनि १० दिन म्याद थपने निर्णष् भएर आजको वहस सकियएको छ  गर्न बाँकि रहेको छ ।


आज विशेष अदालतमा अध्यक्ष रमण भटराई को् साथमा माननिय न्यायधिस  प्रभा बस्नेत न्र याधिस , महेश प्रसाद पुडासैनिको संयुक्त ईजलासले यस्तो आदेश जारि गरेको हो ।


अध्यक्ष दीक्षितलाई पाटनढोकाबाट आयोगका कर्मचारी र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो । आयोगका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार दुुई सय आठ, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबीसी बैंकमा ६८ हजार नौ सय २६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार एक सय २६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ ।
यस्तै, कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबीसी बैंकमा रहेको खाताबाट भारत दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।
यस्तै, दीक्षित दम्पतीको नाममा एसबीसी बैंक बेलायतमा २७ हजार छ सय ३८ बेलायती मुद्रा मौज्दात रहेको, स्ट्यान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एचएसबीसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संस्थाबाट ११ करोड १२ लाख ४९ हजार चार सय ३५ सहयोग लिएको र कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको, विभिन्न निकायबाट प्राप्त गरेको तलबभत्ता, लाभांश तथा सुविधाबापत पाँच करोड रुपैयाँ आम्दानी गरे पनि आम्दानीभन्दा बढी सात करोड रुपैयाँ खर्च गरे पनि त्यसको आधार प्रष्ट नदेखिएको जनाइएको छ ।
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको, लामाटार–७ मा अवस्थित जग्गा किर्ते गरी बेचबिखन गरेको र मोही एवम् गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट टे«डिङ कर्पोरेसनलाई तिर्नुपर्ने एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार पाँच सय ८९ अझैसम्म नतिरेको र सरकारी संस्थालाई घाटा पु¥याएको अध्ययनबाट देखिएको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करले चल÷अचल सम्पत्ति गैरकानुनी रुपमा आफ्नो नाममा पारेको र सम्पत्तिका सम्बन्धमा परेको उजुरी छानबिनका लागि उपस्थित हुन पटक–पटक गरिएको आग्रहलाई अटेर गरिएकाले पक्राउ गरिएको जानकारी दिए । आयोगले गरेको अध्ययनबाट उनको परिवारका नाममा रहेको चल÷अचल सम्पत्ति, बैंक खातालगायतका विवरण एकीन गर्दा तालमेल नमिलेको, अनुसन्धान अधिकृतले पटक–पटक अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आग्रह गर्दा अटेर गरेको र आयोगको अनुसन्धानलाई प्रभावित पारेको आयोगको भनाइ छ ।
हिरासतमा राखिएको दीक्षितलाई आवश्यक कानुनी प्रक्रिया र प्रावधानका आधारमा थप छानबिन गरिने र विशेष अदालतमा पेस गरिने प्रवक्ता पुष्करले बताए । साझा यातायात नेपाल सरकारको स्वामित्व रहेको संस्था भएकाले कानुनअनुसार नै सम्पत्ति विवरण बुझाउनु र कानुनलाई सम्मान गर्नु दीक्षितको पनि दायित्व रहेको पुष्करको तर्क छ । ९


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com