बजेटमा निजी क्षेत्रको भावना समेटिएको छ : महासंघ

पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा ग-यो : पर्यटन व्यवसायी

 

आर्थिक संवाददाता ,
काठमाडौं, असार ३० ,


नेपाल उद्योग वाणिज्य महासंघले सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा निजी क्षेत्रको भावनालाई समेटेको भन्दै बजेटको स्वागत गरेको छ । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बुधबार राजधानीमा आयोजित बजेट समीक्षा कार्यक्रममा बोल्दै सरकारले बजेट निर्माणका बेला निजी क्षेत्रले दिएका सल्लाह र सुझावलाई बजेटमा समेटेको भन्दै महासंघले बजेटको स्वागत गरेको बताएका छन् । श्रेष्ठले बजेटमा करको दर नबढाएर करको दायरा बढाउन थ्रेस होल्डलाई २० प्रतिशतबाट ५० प्रतिशत पु¥याइएको भन्दै यो सकारात्मक विषय भएको बताए । श्रेष्ठले बढी रोजगारी दिनेलाई छुट, ऐन कानुन सुधार प्रतिबद्धता, निर्माण सामग्रीमा छुट, भन्सार सुधार, स्मार्ट सिटी निर्माण योजना लगायतका विषय सकारात्मक भएको बताए । निर्यातलाई सहुलियत, पूर्वाधारमा लगानी, ५० हजार युवालाई तालिम दिने विषय र कृषिमा निजी क्षेत्रको लगानी, सबै क्षेत्रमा सिँचाइको व्यवस्था लगायतका विषयहरुलाई पनि बजेटमा समेटिएको भन्दै उनले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । उनले भूकम्पले क्षतिग्रस्त उद्योगको स्थानान्तरण वा पुनस्र्थापना, महिला उद्यम र संघीय राज्यका कुरालाई समेत बजेटमा उल्लेख गरेको भन्दै बजेटमा क्षेत्रीय सन्तुलन समेत कायम गर्न खोजिएको बताए । उनले बजेटमा उल्लेख भएका विषयहरुको कार्यान्वयन भएमा यसले मुलुकको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।



त्यस्तै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले बजेटमा व्यवसायीहरुले मुरी खोजे पनि सकारले मुठी मात्र उपलब्ध गराएको आरोप लगाए । उनले सरकारले पुँजीगत खर्च बढाएको भन्दै विगतमा खर्च हुन नसकेको यस्तो बजेट यसपटक पनि खर्च हुनेमा आशंका व्यक्त गरे । मल्लले सरकारले हरेक क्षेत्रलाई मर्जरमा लैजाने निर्णय गरेको भन्दै योजनाविना ल्याइएका यस्ता कार्यक्रम प्रभावकारी हुनेमा शंका व्यक्त गरे । यता टे«किंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले भने सरकारले बजेटमा पर्यटन क्षेत्रको उपेक्षा गरेको आरोप लगाएका छन् । धमलाले सरकारले पर्यटन क्षेत्रलाई तीन खम्बे नीतिअन्तर्गत राखे पनि व्यवहारमा भने उद्योगको रुपमा समेत मान्यता दिन नसकेको जस्तो देखिएको बताए । उनले बजेटले पर्यटन क्षेत्रलाई निराश बनाएको भन्दै भूकम्पले क्षतिग्रस्त बनाएको पर्यटनको पुनुरुत्थानका लागि सरकार उदासीन भएको आरोप लगाए । धमलाले सरकारमा हुनेहरुले चुनावी घोषणापत्रमा कृषि, पर्यटन र जलविद्युत्लाई प्राथमिकतामा राखे पनि बजेटमा भने पर्यटन क्षेत्रलाई समेट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पर्यटन व्यवसायीहरुले सरकारबाट सहुलियत ऋणको अपेक्षा गरे पनि सरकारले त्यसको सुनवाइ नगरेको आरोप लगाए ।  भूकम्पपश्चात् पर्यटन क्षेत्रका झण्डै दुई लाख मजदुर विस्थापित भए पनि सरकारले उनीहरुका लागि कुनै कार्यक्रमको व्यवस्था नगर्दा समग्र पर्यटन उद्योगमा नै यसको असर पर्ने उनको भनाइ थियो ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com