एसियाली पूर्वाधार लगानी बैंकले ल्याएको तरङ्ग



सामुरा कामारा ,
फ्रिटाउन, असार १६ ,


एसियाली पूर्वाधार लगानी बैंक स्थापना गर्ने चीनको निर्णयले विश्वभरका सरकार, वित्तीय विज्ञहरू र विकासका जानकारहरूबीच उत्साहपूर्ण बहस सुरु गरेको छ । दुर्भाग्यवश, बैंकका पक्षमा महत्वपूर्ण समर्थन प्राप्त भइरहे पनि यसको सञ्चालन र मापदण्डसम्बन्धी प्रश्नहरूमा बढी नै ध्यानकेन्द्रित भएको छ । यो जोखिमले उदीयमान बजारको आर्थिक वृद्धिमा मद्दत पु¥याउने गरी स्थापित बहुपक्षीय लगानी संस्थाहरूको भूमिका तथा यस्तो लक्ष्य हासिल गर्नेतर्फ सामना गर्नुपर्ने चुनौतीका विषयमा हुने महत्वपूर्ण छलफलमा ग्रहण लागेको छ ।


हरेक बैंकका कार्यादेशमा एकरुपता हुँदैन । उदाहरणका लागि, एसियाली पूर्वाधार लगानी बैंक पनि मुख्य रुपमा पूर्वाधारमा केन्द्रित हुनेछ । यता, अफ्रिकी विकास बैंकको ज्यादै फराकिलो कार्यादेश छ । तर यी सबै संस्थाहरूका अतिमहत्वपूर्ण निश्चित लक्ष्यहरू तोकिएका छन् : गरिबीबाट मानिसहरूलाई माथि उकास्नु र दिगो विकासलाई प्रोत्साहित गर्नु ।
यी संस्थाहरूका नेतृत्वकर्ताहरूले आफ्ना दुर्लभ स्रोत र साधनलाई विनियोजन गर्दा जटिल विकल्पहरूमा जानुपर्ने हुन्छ । उदाहरणका लागि, उनीहरूले गरिबी र भोकविरुद्धको लडाइँसँग जुधिरहँदा लैङ्गिक समानतामा सुधार ल्याउने, शिक्षामा बढ्दो पहुँच स्थापित गर्ने वा भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्यहरूबीच सन्तुलन कायम गर्नैपर्दछ । सिएरा लिओनको अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर तथा हाल विदेशमन्त्रीका रुपमा सेवा गरिसकेकाले मैले धेरै वर्षसम्म यी प्राथमिकताको व्यवस्थापनका सन्दर्भमा अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरिसकेको छु र हाम्रो प्राथमिकता देशको द्वन्द्वोत्तर अवस्थामा सुधार ल्याउन आर्थिक विकास नै थियो ।


हाम्रो पहिलो प्रयत्न द्वन्द्वोत्तर विकासका लागि आवश्यक स्रोतसाधन (सफ्टवेयर)को जोहो गर्नु थियो : आधारभूत शिक्षा र स्वास्थ्य सेवा, जवाफदेही आर्थिक तथा राजनीतिक प्रशासन, तथा नयाँ सामाजिक सुरक्षा छाताको निर्माण । हामीले त्यसपछि आर्थिक विकासका अन्य पक्षहरू (हार्डवेयर)मा ध्यान दियौँ, र सडक तथा ऊर्जासम्बन्धी पूर्वाधारका कार्यहरूलाई गति प्रदान ग-यौँ । साथै, हामीले खानी, मत्स्य व्यवसाय, कृषि व्यवसाय तथा आवास विकासमा प्रत्यक्ष विदेशी लगानीका लागि प्रोत्साहन दियौँ । हरेक देशका चाहना फरक–फरक हुन्छन् भन्ने कुरालाई आत्मसात् गरी अपनाइएका अभ्यासले हामीलाई सफलता हासिल भयो र हामीले सिकेका पाठहरूको सान्दर्भिकता अझ बढेर गयो ।


पन्ध्र वर्षअघि, विश्वले नयाँ शताब्दीको प्रारम्भमा विशेष लक्ष्यहरूसहित सहस्राब्दी विकास लक्ष्य (एमडीजी) अङ्गीकार ग¥यो । आज, एमडीजीका महत्वपूर्ण सफलताका बाबजुद निकै बढी लक्ष्यहरू अद्यापि हासिल हुनसकेका छैनन् । एमडीजी सफल हुने गरी नयाँ दिगो विकास लक्ष्यतर्फ विश्वले तयारी गरिरहँदा हामीले ती लक्ष्यहरू हासिल गर्ने सुनिश्चितताका निम्ति आवश्यक नीतिहरू बनाउनु जरुरी छ । कुनै पनि विकास बैंक वा अरु बहुपक्षीय संस्थाको सफलताको पूर्वशर्तका रुपमा पारदर्शिता र जवाफदेहिताको उच्चतम मापदण्ड अवलम्बन गर्नु हो । यसका साझेदारहरू–विश्वका लगानीकर्ता र नागरिकहरू दुवैले यसको प्रभावकारिताको मूल्याङ्कन गर्न सक्षम हुनैपर्दछ । यसका मुख्य सरोकारवालाहरूमाझको विश्वासलाई प्रेरित नगरेको खण्डमा यो असफल हुनेछ ।


कुनै पनि अन्तर्राष्ट्रिय संस्थाको सफलताका लागि उपयुक्त नियमन र समीक्षा अपरिहार्य हुन्छ र सबै विकासका लगानीकर्ताहरूको लक्ष्य नै सुदृढ वातावरण, श्रम र खरिद मापदण्ड आवश्यक हुन्छ । यी संस्थाका नेतृत्वकर्ताहरूले सदैव कसका निमित्त कार्य गरिरहेको छु भन्ने सम्झिनुपर्दछ । स्थानीय समुदायले विकास एजेन्डालाई स्थायित्व प्रदान गर्ने गरी भूमिका निर्वाहका लागि सशक्तीकृत गर्नुपर्दछ । अझ, समर्थ संरचना निर्माण गरी उनीहरूसँग निकट सम्पर्क स्थापित गर्नुपर्दछ । जवाफदेहिताको संयन्त्रहरू केवल लेखापरीक्षण संयन्त्रमात्र होइनन् । तिनीहरू कुनै पनि वित्तीय संस्थाको कार्यसम्पादनका लागि आवश्यक हुन्छन् । हाम्रो सरकारलाई बढी प्रभावकारी बनाउनका लागि मैले सिएरा लिओनमा वर्षौंसम्म यही सिद्धान्तलाई सफलतापूर्वक प्रयोग गरेको छु ।


यसबाहेक, यी लगानीकर्ताहरू फगत परिचालित हुँदैनन् । विश्वका अधिकांश सरकारले लामो संस्थागत ज्ञान आर्जन गरेका छन् । लगानीकर्ता संस्थाहरूले पैसामात्र उपलब्ध गराउँदैनन् नविन सोच पनि आदानप्रदान गर्दछन् र त्यसबाट उपलब्धिहरूमा महत्वपूर्ण सुधार आउनसक्छ । राष्ट्रिय र अरु बहुपक्षीय संस्थाहरूसँगको साझेदारी निर्माणले विश्वव्यापी विज्ञतालाई आफ्नो मुलुकको हितअनुकूल प्रयोगमा ल्याउन सकिन्छ । यथार्थमा, ज्ञान, विधि र अनुसन्धानको आदानप्रदानबाट अफ्रिकी विकास बैंकजस्ता संस्थाहरूको अवस्थामा व्यापक सुधार आउनसक्छ र उच्चतम मापदण्ड तथा उत्कृष्ट अभ्यासलाई अनुशरण गर्न सकिन्छ । सार्वजनिक खरिद, अनुगमन र मूल्याङ्कन तथा क्षमता निर्माणजस्ता क्षेत्रमा विशेष ध्यान दिइनुपर्दछ । साथै, वातावरणीय र सामाजिक सुरक्षालाई प्रवद्र्धन गर्नुपर्दछ । अफ्रिकी विकास बैंकले यसअघि नै आफ्नो कार्यसञ्चालन संरचनामा यी अभ्यासलाई समायोजन गरिसकेको छ । एसियाली पूर्वाधार विकास बैंकको नीति, कर्मचारी भर्ना र अभ्यासमा पनि अफ्रिकी बैंककै पदचिह्नलाई अनुशरण गरिनु अझ बुद्धिमानी ठहर्छ ।
(सिएरा लिओनका विदेशमन्त्री सामुरा कामारा पूर्व–अर्थमन्त्री तथा बैंक अफ सिएरा लिओनका गभर्नर हुन् । प्रोजेक्ट सिन्डिकेट / रासस )


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com