अन्तर्राष्ट्रिय सम्मेलनका लागि विभिन्न देशका प्रतिनिधि नेपालमा

नेपालीको दुःखमा साथ दिने प्रतिबद्धता



आर्थिक संवाददाता ,
काठमाडौं, असार ९ ,


भूकम्पबाट प्रभावित ‘नेपालको पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय सम्मेलन २०७२’मा सहभागी हुन विभिन्न देशका सरकारका प्रतिनिधिहरू नेपाल आएका छन् । बिहीबार काठमाडौमा हुने उक्त सम्मेलनको लागि छिमेकी मुलुक भारत र चीनसँगै नर्वे, स्विडेन, थाइल्याण्ड, पाकिस्तानलगायत मुलुकका प्रतिनिधिहरू बुधबार नेपाल आइपुगेका हुन् ।  सम्मेलनमा सहभागी हुन छिमेकी मुलुक भारतबाट विदेशमन्त्री सुष्मा स्वराज भारतीय प्रतिनिधिको रूपमा नेपाल आएकी छिन् । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि आफ्नो मुलुक नेपाल सरकार र नेपाली जनताका साथ सदैव रहने बताइन् । विमानस्थलमा संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा विदेशमन्त्री स्वराजले विपद्को विषम परिस्थितिमा पनि नेपाली जनताले आफ्नो राष्ट्रको पुनर्निर्माणमा प्रस्तुत गरेको जुझारुपनबाट आफू उत्साहित भएको बताइन् । उनले भनिन्, ‘विगत एक वर्षयता तेस्रो पटकको काठमाडौं भ्रमणको क्रममा म भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार र यहाँका जनतामा वैशाख १२ को भूकम्पका कारण भएको विनाश र मृत्युप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।’


आठ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सविच शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत रणजीत राय, उक्त मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए । त्यस्तै सम्मेलनमा सहभागी हुन नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालीको दुःखमा सधैँ साथ दिन तयार रहेको प्रतिक्रिया दिए । बुधबार अपराह्न विशेष विमानबाट नेपाल आएका यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागी र नेपालस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।


त्यस्तै, जापानका परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची पनि सम्मेलनमा सहभागी हुन नेपाल आएका छन् । उनलाई विमानस्थलमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, परराष्ट्र र अर्थ मन्त्रालयका साथै नेपालस्थित जापानी दूतावासका वरिष्ठ अधिकृतले स्वागत गरेका थिए । ११ सदस्यीय जापानी प्रतिनिधिमण्डलमा उक्त मुलुकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित त्यहाँका सञ्चारकर्मीको समेत सहभागिता रहेको छ । यीसँगै सम्मेलनमा सहभागी हुनको लागि नर्वेली विदेशमन्त्री बोर्ग ब्रेन्डे, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य पनि नेपाल आइसकेका छन् । यस्तै, उक्त सम्मेलनमा भाग लिन स्विडेन, थाइल्यान्ड, पाकिस्तानलगायत देशका विशिष्ट पाहुनाहरू नेपाल आएका छन् । उनीहरूलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँगै सम्बन्धित देशका नेपाली नियोगका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।  सम्मेलनमा सहभागी हुनको लागि २३ पक्षीय देश र संस्थालाई निमन्त्रणा गरिएकोमा १९ देश र विभिन्न संस्थाका गरी ७८ जनाले सहभागिता जनाउनेछन् । त्यस्तै ४० वटा दुईपक्षीय देश र संस्थालाई निमन्त्रणा गरिएकोमा ३० देश र संस्थाले आउने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

नेपालले खेपिरहेको व्यापारघाटा कम गर्नका लागि हस्तकला रामवाण हो

२०४८ देखि हामीले हस्तकला मेला गर्दै आएका छौँ । बीचमा केही समस्या देखिएर निरन्तरता दिन भने सकेनौँ । हामीले विगत छ वर्षदेखि निरन्तर क्यालेण्डरकै रुपमा मेला तथा...

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com