नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न विदेशीसँग आग्रह



आर्थिक संवाददाता ,
काठमाडौं, असार ८ ,


ऊर्जामन्त्री राधा ज्ञवालीले नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् । नेपालले छिमेकी देशसँग विद्युत् व्यापार सम्झौता (पीटीए) गरेको कारण जति विद्युत् उत्पादन गरे पनि बजारको अभाव नभएको भन्दै जलाशययुक्त आयोजनाका लागि जोड दिएकी हुन् ।  अघिल्लो साता फिलिपिन्सको मनिलामा विश्व ऊर्जा आयोग र एसियाली विकास बैंकले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त आग्रह गरेकी हुन् । विश्व ऊर्जा अयाोगले विश्व ऊर्जा लिडर समिट र एसियाली विकास बैंकले एसिया क्लिन इनर्जी फोरम आयोजना गरेको थियो ।  नेपालको ऊर्जा विकासमा प्राकृतिक विपत्ति र वातावरणीय परिवर्तन चुनौतीको रुपमा रहेको भन्दै मन्त्री ज्ञवालीले त्यसको सामना गर्न अझ सशक्त कदम चाल्न आवश्यक रहेको बताएकी थिइन् ।


भूकम्पपछि नेपालमा लगानीका लागि अवसर निर्माण भएको आफूले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले ऊर्जा सुरक्षा, सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभावलाई विशेष ख्याल गर्नुपर्नेमा ‘वल्र्ड इनर्जी लिडरसिप समिट’ले विशेष जोड दिएको जानकारी दिइन् । भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, ब्राजिल, युरोपेली सङ्घ आबद्ध मुलुकले नेपालको ऊर्जा क्षेत्रमा विशेष चासो राखेको जानकारी मन्त्री ज्ञवालीले दिइन् । विश्वमा हालसम्म पनि ८७ प्रतिशत ऊर्जा परम्परागत स्रोतमा नै निर्भर रहेको र त्यसमा विशेष गरी पेट्रोलियम पदार्थले नै प्रमुख हिस्सा लिएको सन्दर्भमा जलस्रोतको धनी हुनुको नाताले नेपाल नै लगानीका लागि स्वर्णभूमि रहेको अन्तर्राष्ट्रिय समुदायले थाहा पाएको मन्त्री ज्ञवालीको भनाइ छ । नेपालको समग्र जलविद्युत् क्षेत्र नदी प्रवाहमा आधारित भएकाले हिउँदको समयमा ऊर्जासङ्कट कायम रहने गरेको छ । जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता दिनुपर्ने, सामाजिक सहभागिता बढाउनुपर्ने र ऊर्जाका विभिन्न स्रोतलाई समानरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएकामा आफूले सम्मेलनमा विशेष जोड दिएको मन्त्रीले जानकारी दिइन् ।


यस्तै, नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा रहेको र गत वैशाख १२ गतेको गोरखा भूकम्पका कारण करिब १५ अर्बबराबरको क्षति भएको सन्दर्भमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुरक्षात्मक उपाय खोज्नुपर्ने मन्त्री ज्ञवालीले बताएको राससले जनाएको छ । भूकम्पले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाभन्दा निजी क्षेत्रका आयोजना बढी क्षतिग्रस्त भएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इपान)ले समेत जानकारी गराइसकेकाले थप तयारी गर्नुपर्ने आवश्यकता देखिएको छ ।  भूकम्प र प्राकृतिक विपद्बाट जलविद्युत् आयोजना जोगाउनका लागि थप लगानी गर्नुपर्ने, भौगर्भिक अध्ययनमा विशेष जोड दिनुपर्ने आवश्यकता अन्तर्राष्ट्रिय समुदायले औँल्याएका छन् । भारतीय बजारलाई केन्द्रमा राखेर नेपालमा जलविद्युत् आयोजना अगाडि बढेको, माथिल्लो कर्णाली, अरूण तेस्रोजस्ता ठूला आयोजना निर्माण सुरु हुनलागेको, विगत लामो समयदेखि अवरुद्ध रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि सुरु हुनलागेको सन्दर्भमा थप लगानीको वातावरण तयार पार्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

एमालेलाई मधेसवादी दलले नरुचाए पनि मधेसी जनताले रुचाएका छन्

गत वर्ष संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन भयो । संविधानको विषयमा असहमति जनाएका मधेसवादी दलहरु त्यतिबेलादेखि नै एमालेसँग रुष्ट बन्दै आएका छन् ।...

एमालेका नेता तथा सांसद् हरिप्रसाद उप्रेती
कार्टून
news

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com